काठमाडौं–वार्ता र छलफलको लागि सरकारकोे दंगाग्रस्त क्षेत्र हटाउने र सेना फिर्ता गर्ने निर्णय सकारात्मक भएपनि प्रयाप्त भएको मधेसी नेताहरुले प्रतिक्रिया दिएका छन्।सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारको निर्णय सकारात्म भएपनि प्रयाप्त नभएको दाबी गरे। बिहीबार रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कर्णले आफूहरुले वार्ताको पूर्वसर्तका रुपमा राखेका केही माग सरकारले पुरा गर्नु सकारात्मक भएपनि सुरु मै शीर्ष तहमा वार्ता गर्नु उचित नहुने बताए।
'दोस्रो तहका नेताबीच आन्दोलनरत पक्षका मागका विषयमा छलफल गर्नुपर्छ,' उनले भने,'कति माग पुरा गर्न सकिन्छ कति सकिँदैन ती कुराको निल्र्यौल गरेर शीर्ष तहमा वार्ता हुनुपर्छ।' आफूहरुले बालुवाटारको चिया धेरै खाएको उल्लेख गर्दै चिया खानकै लागि वार्ताको आह्वान गरिएको हो भने त्यसको कुनै अर्थ नहुने दाबी गरे।
कार्यक्रमा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरकारको निर्णय स्वागतयोग्य भन्दै आन्दोलन र वार्तासँग सँगै लैजाने बताए। उनले वार्ताको नाममा आन्दोलन पुरै रोक्न हुने बताए।