काठमाडौं- मुलुकका मुख्य राजनीतिक पदमा विदेशीमूलका र अंगीकृत नागरिकता लिएका व्यक्तिको नियुक्ति विश्वभर नै विवादित बन्ने गरेको छ। पछिल्लो समय अन्तरदेशीय बसाइँसराइ दर तीव्र भइरहेकाले पनि यो विषयमा बढी बहस हुन थालेको हो।नेपालको नयाँ संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश राज्यपाल, मुख्यमन्त्री, प्रादेशिक सभाका सभामुख, सुरक्षा निकायका प्रमुख बन्न वंशजकै आधारमा नागरिक हुनुपर्ने व्यवस्था छ। विश्वभरबाट स्वागत भइरहेको संविधानको यो व्यवस्थामा छिमेकी भारतले भने तीव्र असन्तुष्टि जनाएको छ।
पछिल्लो समय भारतीय विदेश मन्त्रालयको हवाला दिँदै भारतीय एक अखबारमा सार्वजनिक 'सात बुँदे असन्तुष्टि' मा पनि अंगीकृत नागरिकता प्राप्त व्यक्ति पनि प्रमुख पदमा पुग्न पाउने व्यवस्था संविधानमै गर्न आग्रह गरिएको छ। जुन विषयलाई नेपाली राजनीतिक दल र नागरिक तप्काले भारतीय हस्तक्षेपका रूपमा बुझेका छन्।
तर, भारतको यो आग्रह सरकारको नेतृत्व गरिरहेको दल भारतीय जनता पार्टी (बिजेपी) कै नीतिसँग भने मेल खाँदैन। बिजेपीले १६ वर्षअघि 'विदेशी जन्म' र नागरिकताको विषय उठाएर भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीलाई प्रधानमन्त्री हुनबाट रोकेको थियो।
हिन्दु राष्ट्रवादी बिजेपीका तत्कालीन महासचिव नरेन्द्र मोदीले एक अन्तर्वार्तामा 'विदेशी जन्म' भएका व्यक्तिलाई नागरिकता भएकै आधारमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र सुरक्षा निकायको प्रमुख बनाउन नहुने स्पष्ट धारणा राखेका थिए।
राजीव गान्धीसँग विवाह गर्नुअघि सोनिया इटलीको नागरिक थिइन्। सन् १९६८ मा राजीवसँग विवाह गरेकी उनले भारतमै लामो समय बसेपछि सन् १९८३ मा दर्तावाल भारतीय नागरिकता प्राप्त गरेकी थिइन्। भारतमा यस्तो नागरिकताको हैसियत अंगीकृत बराबरकै हुन्छ।
मोदीले सोनिया कांग्रेस आईको अध्यक्ष भएलगत्तै यस्तो टिप्पणी गरेका थिए। सन् १९९८ मा उनी अध्यक्ष निर्वाचित भएकी थिइन्।
'विदेशीलाई भारत छाड भनेर आन्दोलन गरेकाहरूले कुनै दिन विदेशमा जन्मेका व्यक्ति देशको प्रमुख निकायमा पुग्न सक्छ भन्ने नसोचेकै कारण कुनै संवैधानिक व्यवस्था नगरिएको हुन्नसक्ने' मोदीले बताएका थिए। लगत्तै बिजेपी र कांग्रेस आईबाट टुक्रिएको शरद पवारको राष्ट्रवादी कांग्रेसले अंगीकृत नागरिकता भएको व्यक्तिलाई रोक्न संविधान संशोधन गर्ने बताएका थिए।
सन् २००४ को लोकसभा निर्वाचनपछि कांग्रेस आईको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) ले जीत हासिल गर्यो४। कांग्रेस आईकी अध्यक्ष सोनियालाई गठबन्धनले सर्वसम्मत नेता चुन्यो।
सोनिया प्रधानमन्त्री बन्ने पक्का भएपछि हालकी विदेशमन्त्री सुषमा स्वराजले इटलीमा जन्मेको मान्छे भारतको प्रधानमन्त्री बन्न नसक्ने भन्दै कडा विरोध गरिन्। उनले सोनियाको प्रधानमन्त्रित्वकालभरि कपाल खौरिने, सेतो लुगा लगाउने, चना मात्रै खाने, भुइँमा सुत्ने बताइन्। तर, सोनियाले मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइन्, स्वराजले त्यस्तो गर्नुपर्ने अवस्थै आएन।
०००
अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति निर्वाचन अभियानक्रममा जन्मदर्ता प्रमाणपत्र सार्वजनिक गर्नुपरेको थियो। ओबामा अमेरिकामा नजन्मिएको भन्ने विषय उठेपछि चुनावी माहोल पक्षमा पार्न जन्मदर्ता प्रमाणपत्र सार्वजनिक गरिएको थियो। अमेरिकी कानुनमा अमेरिकाभित्र जन्मेको र कम्तीमा २० वर्ष बसेको व्यक्ति मात्रै राष्ट्रपति हुनसक्ने व्यवस्था छ।
हलिउड नायक हुँदै अमेरिकाको राजनीतिमा छिरेका आनोर्ल्ड स्वाइजनेगर त्यही कानुनको मारमा परेका छन्। अष्ट्रियामा जन्मेका स्वाइजनेगर रिपब्लिकन पार्टीभित्र मात्रै होइन, अमेरिकी नागरिकमाझ नै निकै लोकप्रिय छन्। उनी डेमोक्र्याटको गढ क्यालिफोर्नियाको गभर्नर बने तर राष्ट्रपति बन्न पाउँदैनन्। अमेरिकामा त्यो कानुन संशोधन गर्नुपर्ने पर्ने माग भने बेलाबेला उठ्ने गरेको छ।
०००
इजिप्टमा होस्नी मुबारकपछि मोहम्मद मोर्सी राष्ट्रपति बने। राष्ट्रपतिका अर्का दाबेदार हजेम सलह अबु इस्मैलको उम्मेदवारी खारेज भएपछि उनलाई इस्लामिक भोट पाउन सहज भएको थियो। हजेमकी आमाले अमेरिकामा ग्रिनकार्ड लिएको भेटिएपछि उनको उम्मेदवारी रद्ध भएको थियो। इजिप्टको कानुनमा राष्ट्रपति पदका उम्मेदवार हुनका लागि बुबा र आमा दुवै इजिप्टकै नागरिक हुनुपर्ने व्यवस्था छ।