काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही व्यक्तिको निहित स्वार्थका कारण नेपाल–भारतबीच सदियौंदेखिको मैत्रीपूर्ण सम्बन्ध बिगार्न खोजिएको बताएका छन्। यो कुरा भारतीय नेता र जनताहरुले पनि बुझेका अध्यक्ष ओलीले बताए।नेकपा एमाले निकटका नेपाल राष्ट्रिय पर्यटन संठगनको राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मधेसका जनता सीमा नाका बन्द गरेर आन्दोलन हिंसात्मक बनाउने पक्षमा नरहेपनि केही मान्छेले आफ्नो स्वार्थ पूर्तिगर्न हिंसाको सहयोग लिइरहेको उनले बताए। 'मधेस आन्दोनलमा सच्चा मधेसी जनताको जनसहभागिता छैन,' ओलीले भने। नेपालको संविधा सभाका सदस्यहरु कसैलेपनि भारतको अहित नचाहेकोले भारत नेपालसँगको सम्बन्ध बिगार्ने पक्षमा नरहेको उनले बताए।
‘मधेसको आन्दोलनमा जनता उत्रेका छैनन्,’ अोलीले भने ‘अान्दोलनलाई हिंसात्मक बनाएर र तर्साएर माग पुरा हुँदैन।’ उनले प्रत्यक्ष जनतालाई असर पर्नेगरी इन्धन र मालसामान नाकामा रोक्ने काम जनताले स्वीकार्न नसक्ने बताए।