कमल थापा भन्छन्– मधेशलाई बेग्लै डिल गर्नु भारतको गलत नियत
०८ असोज २०७२
•
५ मिनेट पाठ
कमल थापा भन्छन्– मधेशलाई बेग्लै डिल गर्नु भारतको गलत नियत
काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेश आन्दोलन र भारत सम्बन्धलाई थप नभड्काउन आग्रह गरेका छन्। उनले भारतसँगको सम्बन्ध कुटनीतिक तहबाट समाधान गर्न शीर्ष नेतृत्वलाई सुझाब दिए।भारतले सिंगो नेपालप्रति समान दृष्टिकोण राख्नुपर्ने भन्दै मधेशलाई बेग्लै 'डिल' गर्नुका पछाडि भारतको नियतमा खोट रहेको उनले बताए।




भारतको अशोभनीय हस्तक्षेप


नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु गलत भएको उल्लेख गर्दै अध्यक्ष थापाले मधेस केन्द्रित मात्र नभइ सिङ्गो नेपालप्रति भारतले समभाव दर्शाउनुपर्ने जनाए। उनले मधेश अान्दोलनको ‘शुद्धता’ कमजाेर हुँदै गएकाे र बाह्य प्रभावले अान्दाेलन लगामबाहिर जाने खतरा रहेको अाैंल्याए।

'हामी देशभित्र र संबिधान निर्माण प्रक्रियाकै शक्ति त आफ्ना कुनैपनि माग पुरा नहुँदा लोकतान्त्रिक प्रक्रियालाई स्वीकारेर सहेरै बसेका छौं,' थापाले नागरिकन्युजसँग भने 'एउटा बाह्य शक्तिले बहुसंख्यक जनताको प्रतिनिधित्व रहेको संबिधान सभाले घोषणा गरेको संबिधान अस्वीकार गर्नु उचित भएन,' उनले भने 'यसले भारतप्रतिको सद्भाव कमजोर हुन्छ र नकरात्मक असर पर्छ।' भारतीय नेतृत्वलाइ उनीहरूको कर्मचारी संयन्त्रले प्रभावमा पारेका हुनसक्ने भन्दै अध्यक्ष थापाले सोझै राजनीतिक तहबाट अहिलेको समस्या समाधान गर्नुपर्ने उनको सुझाब छ।

मोदी सरकारको कमजोरी


भारतजस्तो ठूलो गणतान्त्रिक मूलुकले यतिबेला अशोभनीय व्यवहार प्रदर्शन गरेको थापाले बताए। 'मोदी सरकार आएसँगै १७ बर्षपछि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण त्यो पनि ६ महिनामा दुईपटक हुनुले आपसी सम्बन्धलाई नयाँ उचाई दिएको थियो,' अध्यक्ष थापाले नागरिकन्युजसँग भने 'मोदीले नेपाली संसदमा दिएको भाषण र सहयोगका घोषणाले नेपाली जनताको भारतप्रति अभूतपूर्व श्रद्धा बढेको थियो। तर पछिल्लो भारतीय कदमले ति सबै विश्वाँस र उपलब्धिलाई नष्ट गरिदिएको छ।' उनले हिमाल, पहाड र तराई मिलेर बसेको नेपाल हेर्ने आफूहरुको रहर भएको भन्दै मोदीले दिएको मन्तव्यले नेपालीका मनमा बेग्लै छाप पारेको बताए। उनले भने 'तर त्यो टिकाईराख्न नसक्नु कमजोरी भयो।'

राष्ट्रिय शक्तिको एकता बनाऔं


'यतिबेला देश संकटमा छ। ठिक ढंगबाट व्यवस्थापन भएन भने देश विखण्डनको खतरा छ,' थापाले भने 'यस्तो बेलामा पनि विगतकै जस्तो तीनदलको सिन्डिकेट जारी राख्ने क्रम बन्द हुनुपर्छ।' थापाले भने 'यतिबेला देशका राष्ट्रिय शक्ति एकठाउँमा आउनुपर्छ। देशको एकता देखाउने बेला हो यो।'

शाही शासनका बेला आफू गृहमन्त्री हुँदा भारतको प्रत्यक्ष हस्तक्षेपको अनुभव सुनाउँदै उनले त्योबेला जनताको विश्वास प्राप्त सरकार नहुँदा पछि हट्नु परेको स्मरण गरे। 'अहिले जनताको विश्वासप्राप्त राजनीतिक दल र तिनै दलको सरकार भएका कारण हस्तक्षेपसँग जुध्न सक्ने सामर्थ्य छ', उनले भने, 'तर कुटनीतिक पहलबाटै समाधान खोजिनु पर्छ।'

मधेशमा राजनीतिक समाधान खोजौं


संबिधान निर्माण प्रकृयामा ठूला राजनीतिक दलले अवलम्बन गरेको निषेधको राजनीति नै तराई–मधेश आन्दोलनको जग भएको उनले बताए। 'केही नेतामा अधिकार सीमित राखेर फरक दृष्टिकोण राख्नेहरुलाई निर्णय प्रक्रियामा सहभागी नगराउनु समस्याको जड कारण हो,' उनले भने 'अर्को कारण हो–मधेश आन्दोलनका क्रममा संभव-असंभव सबै माग पुर गर्ने सम्झौता गरियो, अहिले त्यो पुरा गर्न गाह्रो भयो।' समस्यालाई राजनीतिक ढंगले हल गर्न सरकार र आन्दोलन पक्षलाई उनको सुझाब छ।

'मधेशको आन्दोलनले जनतालाई दुःख र देशलाई घाटा पुगेको छ,' अध्यक्ष थापाले भने 'आन्दोलनका नाममा जनता बिचल्ली पार्ने र राष्ट्रियता कमजोर हुने काम हुनुहुँदैन।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस