काठमाडौं–नेकपा एमालेका नेता मावधकुमार नेपालले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको उदहारण विश्वमा विरलै पाइने दाबी गरेका छन्।संविधान जारी भएपछिको अवस्थामा मुलुकमा संघीयत लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको भन्दै नेता नेपालले नयाा संधिवान नयाँ नेपाल निर्माणमा कोसे ढुंगा सावित हुने दाबी गरे। सोमबार राजधानीमा आयोजित भए अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सबै दलको सहभागितामा संविधान जारी गर्ने अन्तिमसम्मको प्रयास सफल हुन नसकेपछि अत्याधिक बहुमतको आधारमा संविधान जारी भएको बताए। नेता नेपालले जारी गरिएको नयाँ संधिवान दुनियाँका प्रगतिशील, अग्रगामी, समावेशी र लोकतान्त्रिक संविधानमध्येको एक भएको दाबी गरे।
'आज तराई–मधेसमा आन्दोलन गरिएको छ । सरकारी सम्पत्तिदेखि नेकपा (एमाले) लगायत विभिन्न दलका कार्यालय र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण, तोडफोड, आगजनी र लुटपाटसमेत गर्ने जस्ता निन्दनीय काम भएका छन् । मधेसी जनतालाई अधिकार दिइएन भन्ने हौवा खडा गरेर त्यसैका आधारमा जनतालाई उत्तेजित पार्ने कोसिस भएको छ,' नेपालले भने,' इतिहासदेखि उत्पीडन र भेदभावमा परेका जनतालाई पहिलो पटक यही संविधानले अधिकार दिएको छ । कुनै पनि अर्थ र प्रसंंगमा यसले मधेसका जनतामाथि भेदभाव गरेको छैन।'नेता नेपाले अंगीकृत नागरिकताको सविालमा विश्वका मुलुकका अनुभवलाई ध्यानमा राख्रेर अंगीकृत नागरिकता लिने वित्तिकै उसले प्रमुख विशिष्ट पदहरुमा जान नपाइने नियम बनाएको उल्लेख गरे ।