चितवन–राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सासंद चित्रबहादुर केसीले संविधान निर्माणको काम सम्पन्न गरेका सभासद्लाई अभिनन्दन हुनु पर्नेमा तराइमा घर जलाउने काम भएकोमा दुःख प्रकट गरेका छन्।'बाह्य शक्तिलाई नसोधी र नटेरी संविधान बनाएका सभासद्हरुलाई अभिनन्दन गर्नुको साटो तराई क्षेत्रमा घर जलाउने काम भएको छ । जुन ज्यादै दुखद हो,' सोमबार नवलपरासीको गैंडाकोटमा भएको कार्यक्रममा उनले भने।
यसअघिका संविधान र अहिलेको संविधानको तुलना गरेर जनताका सामु राख्ने हो भने अहिलेको संविधान धेरै प्रगतिशिल भएको उनले बताए । विश्वमा राम्रा संविधानको दाजोमा नेपालको संविधान आउने केसीको भनाइ थियो । 'तर तराइमा कुरा राख्न सभासद्लाई गाउँ गाउँ जानै नसक्ने वातावरण बनेको छ । यसले गर्दा अवस्था बिग्रेको हो,' उनले भने ।
सीमांकनको विषयमा भारतको चासो कोशी, कर्णाली, भेरी जस्ता ठूला नदीहरुमाथि नियन्त्रण राख्नका लागि भएको उनले बताए । 'भारतको आफ्नो स्वार्थ छ । जलसम्पदामाथि नियन्त्रण होस भन्नका लागि सीमांकनको आफ्नो अनुकुलको खाका अगाडि ल्याएको छ । तराईका जनताको हित उसको चासो नै होइन । बरु आफ्नो हित रक्षा गर्ने त्यहाँका जमिन्दारहरुलाई सत्तामा पु¥याए दिन सक्छ,' केसीले भने ।
मुख्य दलहरुले भारतलाई नसोधी उसको निर्देशनको अटेर गरेर सीमांकन र संविधान जारी गरेको रिसमा अघोषित नाकाबन्दी गरेको केसीले बताए । उनले भने, 'तराईका जमिनदारहरुलाई सत्ताको केन्द्रमा लैजाने योजना बनाउँदा भारतले युग युगदेखिको सम्बन्धलाई दाउमा राखेको छ । यस्तो बेलामा हामी सवै नेपाली सचेत भएर अब भ्रष्ट्राचारको विरोध र राष्ट्रियताको संरक्षणमा खट्नु पर्छ ।'
नाकाबन्दी गर्नु भारतको हैकमवाद चिन्तन भएको उनले बताए । 'सहज रुपमा समान ओसार पसार गर्नु पाउनु भूपरिवेस्ठित राष्ट्रको हक हो । भारतले दया गरेर त्यहाँबाट हामीले समान ल्याउन पाएका होइनौं । तर हाम्रै हकमाथि भारतले अहिले धावा बोलेको छ । दुनियाको आँखा छल्न नाकाबन्दी गरेको भनेर घोषणासमेत गर्न सकेको छैन,' केसीले भने ।
संघीयताको विरोधमा रहेको आफ्नो पार्टी अझै पनि सोही अडानमा कायम रहेको उनले बताए । 'गणतन्त्रलाई संस्थागत गर्न, धर्म निरपेक्षता कायम गर्न तत्काललाई संविधान आवश्यक थियो । त्यसैले फरक मत भए पनि हामीले संविधान ल्याउनमा सहयोग ग¥यौं । तर संघीयता प्रतिको हाम्रो विरोध कायमै रहन्छ,' केसीको भनाइ थियो ।
संघीयताका लागि नेपालमा आधार नै नभएको उनले बताए । प्रदेश संख्यासमेत छिनछिनमा बदल्नेले संघीयताले विकास गर्छ भनेर नेपालमा अपनाउन खोज्नु भ्रम मात्रै भएको उनले बताए । केसीको भनाइ थियो 'जसले सेवा केन्द्र पायक पर्ने ठाउँमा लैजाँदा विरोध गर्छ, जस्ले वर्षौ स्थानीय निकायको चुनाव नहुँदा पनि गराउन चासो राख्दैन । उसैले विकेन्द्रिकरण गर्नु छ भनेर संघीयताको वकालत गर्छ ।'