काठमाडौं–नेकपा एमालेले असामान्य अवस्थामा रहेको देशलाई कमजोर बनाउने गरी भूमिका नखेल्न आग्रह गरेको छ।राजधानीमा सोमबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा एमाले प्रचार विभागका प्रमुख सचिव योगेश भट्टराईले तराई मधेशका केही सञ्चार माध्यमहरुले देशलाई कमजोर बनाउने सामाग्री प्रशासन गरिरहेको भन्दै आपत्ति जनाएका छन् । 'हामी असाधारण अवस्थामा छौं ।
तराई त्यस्तो अवस्थामा सञ्चार माध्यमले पनि देशलाई कमजोर बनाउने गरी टिभी, रेडियो, पत्रिका प्रकाशसन र प्रशासन गर्ने मात्रै नभएरसामाजिक सञ्जालहरुमा समेत अभिव्यक्ति दिनु हुन्दैन' भट्टराईले भने, 'तराई मधेशका केही सञ्चार माध्यमहरुले अहिलेको असाधारण अवस्थामा देशलाई कमजोर बनाउने सामग्री समेत प्रशारण गरेका छन ।' प्रचार विभागले आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले तराई मधेशमा जारी आन्दोलनको क्रममा सञ्चार माध्यम, पत्रकारहरुको असुरक्षा बढेको भन्दै सुरक्षा दिन सरकारको ध्यानाकर्षण गरेका थिए ।