काठमाडौं- कतिपय कानुनविदले अहिले संविधान संशोधन हुन नसक्ने तर्क गर्दै आए पनि नेपालको संविधानको संक्रमणकालीन व्यवस्थाअनुसार संशोधनका लागि कुनै समस्या नपर्ने देखिएको छ। संविधानको धारा २७४ को उपधारा (१) मा 'नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन' उल्लेख छ।
उपधारा (२) मा भनिएको छ, 'उपधारा (१) र यस संविधानको अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेस गर्न सकिनेछ। तर उपधारा (१) लाई संशोधन गरिने छैन।'
उपधारा ३ मा 'उपधारा (२) बमोजिम पेस भएको विधेयक सम्बन्धित सदनमा प्रस्तुत भएको ३० दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्नेछ' भनिएको छ।
उपधारा ४ मा 'उपधारा (२) बमोजिम पेस भएको विधेयक कुनै पनि प्रदेशको सिमाना परिवर्तन वा अनुसूची–६ मा उल्लिखित विषयसँग सम्बन्धित भए त्यस्तो विधेयक संघीय संसदमा प्रस्तुत भएको ३० दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेशसभामा पठाउनुपर्नेछ' उल्लेख छ।
यही धारामा टेकेर विभिन्न संविधानविदले संविधान संशोधन हुन नसक्ने तर्क गर्दै आएका छन्। संसद सचिवालय स्रोतले भने संक्रमणकालीन व्यवस्थाअनुसार रूपान्तरित संसदले संविधान संशोधन गर्न कुनै समस्या नपर्ने जानकारी दिएको छ। संविधान संशोधनका लागि सरकारले तयारीसमेत थालेको छ।
'विभिन्न कानुनविदले अहिले नै संविधान संशोधन हुन नसक्ने तर्क गरेको सुनियो,' स्रोतले भन्यो, 'संविधानको एउटा धारा मात्रै हेरेर हुँदैन। त्यसरी गरिएको व्याख्या अपुरो हुन सक्छ।'
संविधानको भाग–३३ मा रहेको संक्रमणकालीन व्यवस्थाअनुसार रूपान्तरित संसदको दुई तिहाइले संविधान संशोधन गर्न सक्नेछ। संविधानको धारा २९६ को उपधारा १ मा भनिएको छ, 'यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका संसदमा स्वतः रूपान्तरण हुनेछ र त्यस्तो व्यवस्थापिका–संसदको कार्यकाल २०७४ साल माघ ७ गतेसम्म कायम रहनेछ। तर त्यस्तो कार्यकाल पूरा हुनुअगावै यस संविधानबमोजिम प्रतिनिधिसभा निर्वाचन हुने भए त्यस्तो निर्वाचनका लागि उम्मेदवारको मनोनयपत्र दाखिला गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद कायम रहनेछ।'
धारा २९६ को उपधारा (३) मा रहेको व्यवस्थाअनुसार संविधान संशोधनका लागि कुनै बाधा नपर्ने नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलले पनि बताए। 'यस संविधानबमोजिम संघीय संसदले सम्पादन गर्नुपर्ने काम यस संविधानबमोजिम प्रतिनिधिसभा निर्वाचन नभएसम्म उपधारा (१) बमोजिम व्यवस्थापिका संसदले गर्नेछ,' धारा २९६ को उपधारा (३) मा भनिएको छ।
खरेलले यस धारामा टेकेर रूपान्तरित संसदको दुई तिहाइले संविधान संशोधन गर्न सक्ने तर्क गरे। उनले पनि संविधानको एउटा धारा मात्रै हेरेर व्याख्या गर्न नहुने बताए।
'धारा २९६ (३) को व्यवस्थालाई पनि हेर्नुपर्यो ,' खरेलले नागरिकसँग भने, 'एउटा धारालाई मात्रै हेरेर भएन। प्रतिनिधिसभा निर्वाचन नभएसम्म संघीय संसदको काम रूपान्तरित संसदले गर्न सक्छ।'
त्यसै गरी सीमांकनसम्बन्धी विषय हेरफेर गर्नका लागि संविधान संशोधन गर्न पनि कुनै बाधा नपर्ने संविधानविदहरूको तर्क छ।
धारा २९६ कै उपधारा (४) मा भनिएको छ, 'यो संविधान प्रारम्भ भएपछि प्रदेशसभा गठन नभएसम्म अनुसूची–६ बमोजिमको विषयमा कानुन बनाउने प्रदेशसभाको अधिकार उपधारा (१) बमोजिमको व्यवस्थापिका संसदमा रहनेछ। त्यसरी बनेको कानुन यो संविधानबमोजिम प्रदेशसभा गठन भएको मितिले एक वर्षपछि त्यस्तो प्रदेशको हकमा निष्त्रि्कय हुनेछ।'