काठमाडौं-नेकपा एमालेले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ जनसंख्या र भूगोलका आधारमा तराई–मधेसमा ७९ र पहाड–हिमालमा ८६ क्षेत्र तोक्न प्रस्ताव अघि सारेको छ । तराई–मधेसमा २० र पहाड–हिमाल ५५ जिल्ला छन्।मधेसकेन्द्रित दलहरूले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग गर्दै आएका छन् । एमालेको प्रस्तावअनुसार तराई–मधेसमा ४८ र पहाड–हिमाली क्षेत्रमा ५२ प्रतिशत सिट हुनेछ। संविधान निर्माणपछिको अवस्थाबारे नीति तय गर्न बसेको एमाले राष्ट्रिय कार्यकर्ता भेलामा 'सेन्ट लग' विधि प्रयोग गरी तयार सिट बाँडफाँट प्रस्ताव गरिएको थियो ।
'हामीले गरेको सिट बाँडफाँट वैज्ञानिक र व्यावहारिक छ । जनसंख्या कम भएको हिमाली जिल्लामा एक–एक सिट राखेर बाँकीमा अरूलाई जनसंख्याका आधारमा सिट बाँडेका छौं,' एमाले सचिव प्रदीप ज्ञवालीले भने, 'कुल संख्या कम भएका जिल्ला एक दर्जन पनि छैनन् । मधेसी दलको मागलाई हामीले अघि सारेको प्रस्तावले सम्बोधन गर्छ।'
आन्दोलतरत मधेसकेन्द्रित दलले जनसंख्याका आधारमा प्रत्यक्षतर्पm ५१ प्रतिशत सिट तराई–मधेसमा हुनुपर्ने माग गर्दै आएका छन्। नयाँ संविधानमा प्रतिनिधिसभाका १ सय ६५ सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । त्यसैगरी सात प्रदेशमा समानुपातिकतर्फ प्रत्येक नम्बर १ मा १६, प्रदेश नम्बर २ मा २२, प्रदेश नम्बर ३ मा २३, प्रदेश नम्बर ४ मा १३, प्रदेश नम्बर ५ मा १७, प्रदेश नम्बर ६ मा ५, प्रदेश नम्बर ७ मा ११ सिट हुनेछ । समग्रमा प्रत्यक्षतर्फ ५५ र समानुपातिकतर्फ ४५ प्रतिशत सांसद चुनिनेछन् ।
एमालेले अघि सारेको अवधारणा मधेसवादी दलहरूले अघि सारेको धारणासँग मिल्दोजुल्दो छ । एमालेको अवधारणअनुसार पहाड र हिमालका ३३ वटा जिल्लामा एक–एक निर्वाचन क्षेत्र हुनेछ । तराईका जिल्लामा सबैभन्दा कम बर्दियामा दुई र सबैभन्दा बढी मोरङमा ६ निर्वाचन क्षेत्र हुनेछन् । त्यसैगरी झापा, सर्लाही, रुपन्देही र कैलालीमा ५–५ निर्वाचन क्षेत्र हुनेछन्।
सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासीमा ४–४ निर्वाचन क्षेत्र हुन्छन् । चितवन, कपिलवस्तु, दाङ, बाँके र कञ्चनपुरमा ३–३ क्षेत्र बन्छन्। काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ गरी उपत्यकामा १५ क्षेत्र हुनेछन् । कास्कीमा ३ तीन सिट हुन्छन् । पहाडी जिल्लामा इलाम, उदयपुर, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, तनहुँ, स्याङजा, बागलुङ, पाल्पा, गुल्मी, सुर्खेत, दैलेख र अछाममा दुई–दुई क्षेत्र बन्छन्।
संविधानसभा निर्वाचनमा तराई–मधेसमा १ सय १६ र हिमाल–पहाडमा १ सय २४ गरी २ सय ४० निर्वाचन क्षेत्र थिए । भेलामा केन्द्रीय सदस्य, पदाधिकारी, केन्द्रीय निकायका सदस्य, भ्रातृ संगठनका पदाधिकारी, जिल्ला कमिटी अध्यक्ष, सांसद तथा पूर्वसांसदसहित करिब ८ सय अगुवा कार्यकर्ता सहभागी थिए । भेलापछि एमालेले नयाँ संविधानको पक्षमा देशव्यापी अभियान चलाउनेछ । भेलामा प्रस्तुत गरिएको अवधारणमा प्रदेशको सीमांकनबारे रहेको समस्या समाधान गर्न आयोगलाई जिम्मा दिन सकिने उल्लेख छ ।
'पहाड र मधेसमा फरक–फरक दुई राष्ट्रियता होइन, पहाड र तराई मिलाउनु हुँदैन भने जस्तो धारणा आएको छ। त्यो स्वीकार्य हुँदैन,' ज्ञवालीले नगारिकसँग भने, 'सीमाकंन कसरी गर्ने भन्ने विषय आयोगमा गएर मिलाउन सकिन्छ ।' मधेसकेन्द्रित दलले तराई–मधेसमा दुई प्रदेश मात्रै हुनुपर्ने र पहाडसँग मिलाउन नपाइने अडान राख्दै आएका छन्।