भारतीय नागरिक भन्छन्– 'नाकाबन्दी र हस्तक्षेप गलत'
१२ असोज २०७२
•
६ मिनेट पाठ
भारतीय नागरिक भन्छन्– 'नाकाबन्दी र हस्तक्षेप गलत'
पानीट्यांकी (भारत)–नेपालविरुद्ध नाकाबन्दी लगाउने आफ्नो सरकारको कदमविरुद्ध भारतीय नागरिक विभिन्न माध्यमबाट मुखर हुँदैछन्। भारतीय सामाजिक अगुवा तथा बौद्धिक जमात पनि नाकाबन्दी र हस्तक्षेपको विपक्षमा खडा भएको छ।उनीहरूले आफ्नै सरकारको कदमको खरो आलोचना गर्दै छिमेकीलाई जानाजान संकटमा धेकेल्ने काम सही नहुने बताएका छन् । यस्तो नाकाबन्दीविरुद्ध नेपालका ठाउँ–ठाउँमा भइरहेको प्रदर्शनले नेपालीमा उत्पन्न हुने भारतप्रतिको आक्रोश आफ्ना लागि राम्रो नहुने टिप्पणी उनीहरूको छ । सरकारी कदमले दुई देशका नागरिकबीचको सदियौं लामो सम्बन्धमा खलल आउने बताउँदै उनीहरूले यस्तो कदम तत्कालै सच्याउन पनि आफ्नो संस्थापनलाई सुझाएका छन् ।




'नेपालतिर नाकाबन्दी लगाएर हाम्रो सरकारले विश्व समुदायमा प्रवाह गर्न खोजेको सन्देश के हो बुझिनसक्नु छ,' सीमावर्ती नक्सलबाडी बजार क्षेत्रका सामाजिक अगुवा राजेश सिन्हाले नागरिकसँग भने, 'यसले हामी नागरिक पंक्तिलाई पनि आश्चर्यचकित बनाएको छ।'

पश्चिम बंगालको सीमावर्ती इलाकाको सम्पूर्ण कारोबार नेपालकेन्द्रित रहेको तर नाकाबन्दीले ती सबैमा असर परेको उनको भनाइ छ । स्थानीय बजार समितिका कार्यकारी सदस्य तथा अन्य आधा दर्जन सामाजिक संघसंस्थामा सक्रिय सिन्हाले आक्रोशमिश्रित स्वरमा प्रश्न गरे, 'भारतभन्दा शक्तिशाली देश पनि विश्वमा छन् । उसको आन्तरिक मामिलामा उनीहरूले यस्तै हस्तक्षेप गरे भने सरकारलाई सह्य हुन्छ?'

उनले नाकाबन्दी तत्काल अन्त्य गरेर दुई देशबीचको सम्बन्ध सुधार्नुपर्ने बताए । 'नेपालमा भइरहेको भारतविरोधी गतिविधिबारे हामी जानकार छौं,' उनले थपे 'यस्तो अवस्थाले भारतलाई नै राम्रो गर्दैन ।' राजनीतिक तहको दृष्टिकोण बदल्न सहज भए पनि सर्वसाधारणको मनमा स्थापित हुने आक्रोश मत्थर पार्न गाह्रो हुने उनको भनाइ छ ।

नेपालमा संविधान जारी भएपछि स्वागत नगरी त्यसविरुद्ध अघोषित नाकाबन्दीको कदम चालेको भारतीय संस्थापनको निर्णयले नेपाली जनजीवन प्रभावित भएको छ । भारतले खासगरी पारवहन तथा अन्य सन्धि सम्झौता उल्लंघन गर्दै पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास जस्ता अत्यावश्यक सामग्रीमा रोक लगाउँदै आएको छ जसका कारण नेपाली बजारमा ती सामग्रीको हाहाकार भएको छ ।

एक साताययता नेपालतिर पेट्रोलियम तथा खाना पकाउने ग्यास लगायतका सामान बोकेर आउने गाडी भारतीय सुरक्षा बलले नाकामै रोकेर राखेको छ । मंगलबार चामल, आलु, माछा, चुना, कोइला लगायतका सामान बोकेका १५ वटा गाडी काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएका छन् । तर भन्सार प्रक्रिया पूरा गरेका सयौं इन्धनबाहक गाडी भने रोकिएका छन्।

'आफूलाई सबैभन्दा ठूलो लोकतन्त्रवादी भनेर देशभित्र चिनाउने भारत सरकारले देशबाहिर हस्तक्षेप गर्नु दादागिरी हो,' दार्जिलिङका लेखक तथा पत्रकार मनोज बोगटीले नागरिकसँग भने, 'नाकाबन्दी गर्नु मोदी सरकारको हैकम मात्रै हो ।' नेपालको समस्या उसको आन्तरिक मामिला भएको उल्लेख गर्दै बोगटीले त्यसमा दबाब दिने, नाकाबन्दी गर्ने कदम सही नहुने बताए ।

'आफ्नो देशभित्र रहेका नेपालीभाषीको माग सम्बोधन गर्न उदासीन रहने सरकारले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु साम्रज्यवादी सोच हो,' बोगटीले थपे, 'अबको जमानामा यस्तो हैकम चल्दैन।' नेपालीभाषी भारतीय लेखक राजा पुनियानी एक स्वाधीन देशले अर्को स्वाधीन देशमाथि हस्तक्षेप गर्ने कदम उचित नहुने बताउँछन् । 'नेपालको बनिसकेको संविधानको संरचनामा भारतले सुझावका रूपमा भन्दै हस्तक्षेप गर्नु उचित होइन,' उनले भने ।

बंगाली भाषाका लेखक तथा राजनीतिक कार्यकर्ता विनय गांगुली भारतीय पक्षले नेपाल जस्तो छिमेकीलाई यस्तो अन्याय गर्नै नहुने बताउँछन् । भारत हात्तीगिस्साका स्थायी बासिन्दा उनी चर्चित वाम नेता कानु सन्यालका छिमेकी र अनुयायी हुन् । सन्यालको जीवनकालका अन्तिम केही वर्ष उनलाई आश्रयसमेत दिएका गांगुलीले फोनमा भने, 'भारतीय संस्थापनलाई सबैभन्दा ठूलो गुन लगाउने छिमेकी कोही छ भने त्यो नेपाल हो । इतिहासदेखि वर्तमानसम्म नेपालले भारतीय संस्थापनको सधैँ सहयोगी भएर काम ग¥यो । आज उसैको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नागरिकलाई दुःख दिने कदम जायज हुनै सक्दैन ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस