झापा-नाकाहरुमा आफूले अवरोध नगरेको र यस्तो अवस्था लामो नजाने बताइरहेको भारतीय संस्थापनको भनाइ विपरित सीमा क्षेत्रमा उसको सुरक्षा अंग नेपालीप्रति थप कठोर बन्दै गएको छ।साताभन्दा लामो समयदेखि अघोषित नाकाबन्दी गरेर नेपालीहरुलाई सास्ती दिइरहेको भारतीय सुरक्षा बल एसएसबीले बाइकमा तेल भर्न जाने नेपालीहरुलाई तेल नदिन पम्पहरुलाई निर्देशन दिएको छ। नाकाबन्दीले पेट्रोलियम पदार्थ आउन ठप्प भएपछि झापालगायत सीमावर्ती क्षेत्रका अधिकांश पेट्रोलपम्प बन्द छन् । यस्तोमा बाइक चलाउनेहरु भारतीय बजार पानीट्यांकी, नक्सलबाडी, बिहारको गलगलिया लगायतका क्षेत्रमा रहेका पम्पमा गएर तेल भर्दै आएका थिए । तर, मंगलबारदेखि एसएसबीको निर्देशनमा
त्यो पनि बन्द भएको छ । 'नेपाली नम्बर प्लेटका बाइक र गाडीलाई तेल नदिनु भनेर एसएसबीले भनेका छन्' एक पेट्रोलपम्प सञ्चालकले भने 'त्यही भएर हामीले तेल दिन बन्द गरेका छौं।' भारतीय पेट्रोलपम्पमा तेल पाइने आशामा टाढा–टाढादेखि आएका नेपाली तेल नपाएपछि रित्तै फर्केका छन् । बुधबार बिहान मात्रै सयौं बाइक तेल नपाएर फर्केका छन् ।