सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा प्रस्तुत गरेका छन्। नीति तथा कार्यक्रममा विगतका वर्षमा जस्तै कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, पर्यटन, जडीबुटी, जलश्रोत, खानेपानी, युवालाई रोजगारीमूलक कार्यक्रम, खेलकुद, सामाजिक न्याय, समानता, विभेद तथा कूप्रथा अन्त्य, सीमान्तकृत समुदायलाई आवास निर्माणका क्षेत्रलाई प्राथमिकता दिइएको छ।
सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइने, सेती प्रादेशिक अस्पताललाई आधुनिक प्रविधियुक्त भौतिक पूर्वाधार सम्पन्न बनाइने, गेटा मेडिकल कलेज सञ्चालनमा नेपाल सरकारसँग साझेदारी गरिने, सबै जिल्ला अस्पताललाई साधन स्रोत सम्पन्न बनाई विशेषज्ञसहितको सेवा प्रदान गर्ने व्यवस्था मिलाइने प्रदेश प्रमुख जोशीले नीति तथा कार्यक्रममा बाचन गरे।
महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने रोग तथा मुटु, कलेजो, मृगौला सम्बन्धी रोगको पहिचान एवम् निदान गर्न विशेषज्ञसहितको स्वास्थ्य शिविर सबै जिल्लामा सञ्चालन गर्ने, सेती, महाकाली, टीकापुर अस्पतालमा हेमोफिलिया, सिकलसेल एनिमिया, थालसेमिया रोगको उपचारका लागि निःशुल्क परीक्षण र औषधि उपलब्ध गराइने, ५० शैयाको आयुर्वेदिक चिकित्सालय सञ्चालनमा ल्याइने, सेती, महाकाली, टीकापुर अस्पतालमा डाइलाइसिस सेवा सञ्चालन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
कृषि योग्य जमिनमा बाह्रै महिना सिँचाइ सेवा उपलब्ध गराउन बहुउद्देश्यीय सतह सिँचाइ, नयाँ प्रविधिमा आधारित सिँचाइ र भूमिगत सिँचाइ प्रणालीको विस्तार गरिने, पानीको स्रोतको अभावलाई दीर्घकालीन सम्बोधन गर्न लिप्ट सिँचाइ र पोखरी कार्यक्रमलाई प्राथमिकता दिइने प्रदेश प्रमुख जोशीले बताए। कृषकको साथी मोबाइल एप, कृषि क्लिनिक र कृषि एम्बुलेन्स जस्ता नवीनतम अवधारणाको माध्यमबाट कृषि उत्पादन वृद्धि गरिने, कृषिजन्य वस्तुको आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गराउन कृषि पशुपन्छी तथा मत्स्य कार्यक्रम प्राथमिकतामा राखी सञ्चालन गरिने, बीउमा आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गरिने, नमुना कृषि गाउँ आफै बनाऔं कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
नदी नियन्त्रण तथा खानेपानी सुधारसहितको एकीकृत पूर्वाधार निर्माण तथा संरक्षण कार्य अगाडि बढाइने कार्यक्रममा उल्लेख छ। स्थानीय तहसँगको सहकार्यमा ग्रामीण तथा दुर्गम क्षेत्रमा वैकल्पीक एवम् नवीकरणीय ऊर्जा सम्बन्धी कार्यक्रम सञ्चालन र विस्तार गरिने, लघु जलविद्युत आयोजना तथा मर्मत सम्भार कार्यक्रम गरिने उल्लेख छ।
अध्ययनबाट सम्भाव्यता देखिएका साना तथा मझौला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिने, नेपाल विद्युत प्राधिकरण र स्थानीय तहसँगको साझेदारीमा ग्रामीण क्षेत्रमा राष्ट्रिय प्रशारण लाइन विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सुदूरपश्चिम प्रदेशका सबै नागरिकलाई पाँच वर्षभित्र आधारभूत स्तरको खानेपानी तथा सरसफाई सेवा सुनिश्चित गरिने बताइएको छ।
हिमाली तथा पहाडी जिल्लाबाट बढ्दो बसाइँ सराइलाई न्यूनीकरण गर्न शहरोन्मुख गाउँमा एकीकृत विकास परियोजना मार्फत् शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतका पूर्वाधार निर्माण गरिने, प्रादेशिक यातायात गुरु योजना तर्जुमा गरिने, ग्रामीण क्षेत्रमा झोलुङ्गे पुल निर्माण गरिने, चिसापानी–अत्तरिया–गड्डाचौकी राजमार्ग खण्डलाई चार लेनको बनाउन अध्ययन गरिने उल्लेख छ।
नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट समाजवाद उन्मूख अर्थतन्त्रको आधार तयार हुने र दीगो फराकीलो तथा उच्च आर्थिक वृद्धि भई आत्मनिर्भर उन्मुख समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा योगदान पुग्ने विश्वास लिएको प्रदेश प्रमुख जोशीले बताए।