काठमाडौं- नेपालका लागि भारतीय राजदूत रन्जित रेले आन्दोलनकारीलाई भारत प्रवेश गर्नबाट रोक्न नसक्ने बताएका छन्। नेपालबाट भारत प्रवेश गर्नु गैरकानुनी नभएको भन्दै राजदूत रेले दसगजामा प्रदर्शन गर्न पनि रोक्न नसक्ने बताए। 'नेपालबाट भारत प्रवेश गर्नु गैरकानुनी होइन। उनीहरूलाई रोक्न सकिँदैन।दसगजामा नेपालका सुरक्षाकर्मीले हटाउन सक्दैनन् भने हामीले हटाउन कुरा भएन,' उनले भने, 'नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध छ। उता गएकाहरूलाई कसैले खान दियो होला।'
दूतावासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राजदूत रेले दुवै पक्षबीचको विवादमा भारत सरकार पर्न नचाहेको बताए। पछिल्लो समय आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आन्दोलनका क्रममा दसजगा क्षेत्रमा प्रवेश गरी नाराबाजी गर्ने र सुरक्षाकर्मीमाथि ढुंगा हान्ने गरेका छन्। नेपालमा सुरक्षाकर्मीले कारबाही गर्न खोजे भागेर भारतीय भूभागमा प्रवेश गर्ने प्रदर्शनकारीलाई सीमावर्ती गाउँमा खानेबस्ने व्यवस्था हुने गरेको छ।
राजदूत रेले सीमा नाकामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनहरूको लामो लाइन भएकाले सुरक्षाको चिन्ता भएको बताए। 'अत्यन्त प्रज्वलनशील पदार्थ भएकाले सुरक्षाको चिन्ता छ,' उनले भने, 'सीमा क्षेत्रमा देखिएको तनावका कारण भन्सार नाका राम्रोसँग चल्न सकेको थिएन।'
भारत सरकारले अघोषित रूपमा नेपालविरुद्ध नाकाबन्दी गर्दा प्रमुख सीमा नाकामा इन्धन र पेट्रोलियम पदार्थ बोकेका सयौं गाडी फसेका छन्।
राजदूत रेले पछिल्लो चरणमा नेपालमा भारतविरोधी भावना बढेको भन्दै त्यसप्रति आफू गम्भीर रहेको बताएका छन्। 'नेपालमा प्रोपोगन्डाका रूपमा भारतविरोधी भावना बढाउन खोजिएको छ,' रेले भने, 'यसप्रति गम्भीर छौं।' भारतीय राष्ट्रिय झन्डा, संकेत, पुतला जलाउने विषयलाई आफूहरूले गम्भीर रूपमा लिएको उनले बताए।
नेपाल–भारतबीचको अहिले सम्बन्धमा चिसोपन देखिएको भन्दै रेले घनिष्ठ सम्बन्ध भएका देशहरूबीच सम्बन्धमा उतारचढाव हुने बताए। उनले भारतबाट नभई नेपालको आन्तरिक समस्याका कारण आपूर्ति सहज हुन नसकेको दोहोर्याए।
नेपालको संविधानबाट भारत दुःखी नभएको दोहोर्यािउँदै राजदूत रेले दिल्लीको चाहना सबैले अपनत्व हुने संविधान बनोस् भन्ने मात्रै रहेको बताए। 'सत्तारूढ दल र मधेसी मोर्चाबीच वार्ता सुरु भएको छ त्यसलाई स्वागत गर्छाैं,' उनले भने, 'नेपालको समस्या चाँडै समाधान भएको हेर्न चाहेका छौं। दुवै पक्षबीच चाँडै वार्ता हुने जानकारी आएको छ।'