काठमाडौं- सर्वसाधारणले भारतको अघोषित नाकाबन्दी सामना गर्न तयार रहेको तर राजनीतिक नेतृत्वले भारतसामु घुँडा टेक्नु नहुने बताएका छन्। नाकाबन्दीको मार खपिरहेका सर्वसाधारणले स्वाभिमान र राष्ट्रियतामा आँच आउने कुनै सम्झौता नगर्न राजनीतिक दलका नेतासँग आग्रह गरे। कूटनीतिक पहल गरेर समस्या समाधान गर्न र देश आत्मनिर्भर बनाउने दीर्घकालीन योजना तर्जुमा गर्न पनि उनीहरूले सबै दलका नेतासँग आग्रह गरेका छन्।
सोह्रखुट्टेकी ७० वर्षीया कुन्तादेवीले भनिन्, 'कहीँ जान गाडी पाउन मुस्किल, टयाक्सी पाइँदैन। पाइहाले तेब्बर भाडा।' खाना पकाउने एलपी ग्यास पनि सकिन लागेको उनले बताइन्।
तर, यस्ता सबै दुःखबीच उनले आक्रोश पोखिन्, 'नेपालमा दसकौंको प्रयासपछि नेपालमा संविधान निर्माण हुँदा किन भारतको टाउको दुख्ने? जे परे पनि सहौंला, भारतको हेपाइ सहदैनौं।' ग्यास, तेल नपाए दाउरा, बत्तीमा पकाएर खान तयार रहेको उनले बताइन्। जनता सधैँ आत्मनिर्भर र स्वाभिमानी हुन चाहे पनि पटक–पटक राजनीतिक नेतृत्व भारतसँग झुकेर सम्झौता गरेकाले नै अहिले भारतले हेपेको बताइन्। 'सिन्को नदेओस् भोकै मर्दैनौं, तर मोदीको अर्घेलो व्यवहार सहन सक्दैनौं', उनले भनिन्।
नाकाबन्दीकै कारण दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ। कौसलटारका विष्णु न्यौपाने र कृष्णमाया मगरको पसलमा बिक्री नै हुन छाडेको छ। एक/दुई दिनमा ग्यास पनि सकिने निश्चित छ। तर उनीहरू आफ्नो कठिनाइभन्दा पनि राजनीतिक नेतृत्व भारतसामु लम्पसार पर्ने हो कि भन्ने चिन्ताले पिरोलेको छ। उनीहरू नाकाबन्दीको सामना गर्न 'ग्यास नभए दाउरामा भात पकाउन र परे पैदलै हिँड्न पनि तयार छौं,' भन्छन्। संविधान बने लगत्तै भारतको व्यवहारले भारतप्रतिको भावना नै फेरिएको उनीहरुले बताए।
गोंगबुस्थित नयाँ बसपार्कका होटल व्यवसायी ललित बिष्टले धैर्यपूर्वक नाकाबन्दी सहन तयार रहेको बताए। भारतसँग झुक्नुको
साटो देशमा भएका स्रोतसाधन परिचालन र विकल्प खोज्नुपर्ने उनको विचार छ। 'निजी सवारीधनीले पनि संकटका बेला सर्वसाधारणलाई बोक्नु पर्छ,' उनले भने। भएका अत्यावश्यक वस्तु/सामान केही व्यक्तिले भण्डारण गर्नुको साटो निश्चित मात्रामा कुपन प्रणालीबाट वितरण गर्नुपर्ने उनले सुझाए।
'आफ्नो देशमा जे छ, त्यसैमा सन्तुष्ट हुन सिके देश सधैँका लागि आत्मनिर्भर हुने थियो, विदेशीले हेप्ने थिएनन्,' बिष्टले भने। उनले संकट व्यवस्थापन गर्न गाउँको गहुँ, चामल र मकै सदुपयोग गर्न सिक्नुपर्ने बताए। नाकाबन्दीका कारण व्यापार घाटा भए पनि देशलाई अप्ठेरो परेको बेला राष्ट्र बचाउन तयार रहेको बताए। अहिल्यैदेखि उत्पादनमा आत्मनिर्भर हुन प्रयास गर्दै जाने हो भने भावी पुस्ताले यो दुःख झेल्न नपर्ने उनले बताए।
टोखाका सागर घिमिरे नाकाबन्दी सुरु भएदेखि नै पैदलै सुन्धारा आउने गरेका छन्। नाकाबन्दी सामना गर्न देशभित्रका स्रोतको उचित परिचालन गर्न उनले सुझाए। 'भएका खाद्यान्न/वस्तु सबैलाई निश्चित मात्रामा वितरणको व्यवस्था गर्नुपर्छ,' उनले भने। ग्यास/तेलको विकल्पमा भुसचुलो, दाउरा, बिजुली प्रयोग गर्नुपर्ने उनको भनाइ थियो। नाकाबन्दीका बेला मात्र नभएर नेपालले सधैंका लागि जैविक इन्धनको विकल्प खोज्नु पर्ने उनले बताए।