अघोषित नाका बन्दीको विरोधमा चितवनमा प्रदर्शन
१४ असोज २०७२
•
५ मिनेट पाठ
अघोषित नाका बन्दीको विरोधमा चितवनमा प्रदर्शन
चितवन–भारतले अघोषित नाकाबन्दी गरेर नेपालमा हैकमवाद देखाएको भन्दै बिहीबार बिहान चितवनमा उद्योगी, व्यवसायी, संघ संस्था र नागरिक समाज तथा पेशाकर्मीहरुले विशाल विरोध प्रदर्शन अयोजना गरेका छन्। चितवन उद्योग वाणिज्य संघको नेतृत्वमा भएको प्रदर्शन नारायणगढबाट सुरु भएर भरतपुरमा पुगेर समापन भएको थियो।विरोध प्रर्दशनको समापनका बेला भरतपुर चौबिस कोठीमा भएको सभामा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण जोशीले जीवन यापनका लागि चाहिने अत्यावश्यक वस्तुहरु अनेक बाहनामा नाकामा रोक्ने कार्यको भत्र्सना गरे । उनले अघोषित नाकाबन्दी हटाएर आपूर्ति सहज बनाउन सहयोग गर्न अपिल गरे ।
Chitwan Ma Nakabndiko Birodh 3




नाकाबन्दीकाे विराेधमा प्रदर्शनमा उत्रिएका स्थानीय।
संविधानसभाबाट संविधान जारी गर्ने सात दशकअघि देखेको नेपालीको सपना पुरा हुँदा भारत सरकारले संविधानको धाराहरुमा नाङ्गो हस्तक्षेपपुर्ण निर्देशन दिनु निन्दनीय भएको उनले बताए । 'आपूmलाई संसारको लोकतन्त्रको मसिहा ठान्ने भारतीय सरकारले छिमेकी देशको लोकतान्त्रिक संविधान प्रति नाङ्गो हस्तक्षेप गर्नु हैकमवादी सोच एवम् दादागिरी हो । यो साम्राज्यवादी सोच हो,' अध्यक्ष जोशीले भने ।

भारतलाई सवैभन्दा बढी गुन लगाउने नेपालीहरु नै भएको उनले बताए । अध्यक्ष जोशीले भने 'भारतीय सरकारलाई सबैभन्दा ठूलो गुन लगाउने छिमेकी कोही छ भने त्यो नेपाल हो । इतिहासदेखि नै नेपालीले भारतीय सरकारको सधैं सहयोगी भएर काम गरे । आज उसैको देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नागरिकलाई दुख दिने नाकावन्दी जस्तो निकृष्ट कार्य जायज हुन सक्दैन।'

जारी भएको संविधान उत्कृष्ट रहेको तर तराइ क्षेत्रका केही नेताले संविधानको अपव्याख्या गरेको पनि अध्यक्ष जोशीको भनाइ थियो । 'तराई क्षेत्रका केही नेताहरुले संविधानले प्रदान गरेका हक अधिकारलाई अपव्याख्या गरी मधेश क्षेत्रका तराईवासीहरुलाई भ्रमित रुपमा प्रचार गरी राष्ट्रलाई विखण्डन गर्ने योजनासहित आफ्नो जमिन्दारी कायम गर्न तल्लिन छन्,' जोशीले भने ।

उनले त्यस्तो आन्दोलन प्रति मधेशी समुदाय सजग रहन र असन्तुष्ट तथा असहमतिका विषय भए वार्ताको माध्यमबाट समाधान गर्न पनि अपिल गरे। आपूर्तिमा कठिनाई भएका बेलामा आपूmसँग भएका सामानहरुको कृतिम अभाव सिर्जना नगरी सहज आपूर्तिको व्यवस्था मिलाएर कठिन घडीमा राष्ट्रियता र मानवताको परिचय दिन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अनुरोध गरेका छन्।

विरोध प्रर्दशनको सोच अगाडि ल्याएका होटल व्यवसायी सुभाष प्रधानले यो प्रदर्शन भारतको हस्तक्षेपकारी नीति विरुद्ध भएको बताए । 'हामीले देशभित्र न्यायका लागि लडेका विभिन्न समुदायको विरोध अथवा भारतीय जनताको विरोधमा नभएर भारतले जुन हस्तक्षेपकारी नीति देखायो त्यसका विरुद्ध कार्यक्रम गरेको हो । यस्तो कार्यक्रम अझै गर्ने छौं,' प्रधानले भने ।

प्रधानमन्त्री भए लगत्तै मोदीले नेपाल भ्रमण गर्दा समानतासहितको सम्बन्ध राख्लान भनेर गरेको आशा खेर गएको उनले बताए । उनले नेपालका नेतालाई स्वाभिमान नगुमाउन आग्रह गर्दै भने 'कसैको निर्देशन नमानेर दलहरु एक भएर जसरी संविधान जारी गर्नु भएको छ त्यसले हामीमा आशा जगाएको छ । यस्तो एकता सधै कायम हुनु पर्छ ।'

नेपाली झण्डा, व्यनार र प्लेकार्डसहित ¥यालीमा सहभागि भएकाहरुले नेताहरुलाई स्वाभिमान नगुमाउन र देशभित्रका समस्याहरुमा संवेदनशिल भएर वार्ताबाट समस्या सुल्झाउन अपिल गरेका छन् । राष्ट्रियतामा आँच नपु¥याउन र इन्धन लगायतका क्षेत्रमा भारतको मात्रै भर पर्ने परिपाटी त्याग्न तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिन सहभागिहरुले नेपाली नेतृत्व समक्ष आग्रह गरेका छन् ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस