काठमाडौं- भारतीय विदेशमन्त्री सुषमा स्वराजले राजतन्त्र फर्काउनका लागि भारतले नेपालमाथि नाकाबन्दी गरेको भन्दै प्रचार भएको जनाउँदै त्यसबाट आफू दुःखी भएको बताएकी छन्। उनले सीमा क्षेत्रमा अहिले देखिएको समस्या समाधान गर्न भारत तयार रहेको पनि जनाएकी छन्।
संयुक्त राष्ट्रसंघको ७० औं महासभामा सहभागी हुन गएका नेपाली परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बुधबार भएको वार्तामा स्वराजले नेपालमा भारतले नाकाबन्दी नलगाएको समेत दाबी गरिन्। 'भारतले राजतन्त्र फर्काउन नेपालमा नाकाबन्दी लगाएको भन्दै प्रचार भएको छ। त्यस्तो प्रचारबाजीबाट हामी दुःखी छौं,' स्वराजको भनाइ उद्धृत गर्दै परराष्ट्र स्रोतले भन्यो, 'भारतले नाकाबन्दी गरेको छैन, गर्दा पनि गर्दैन। हामी सीमा क्षेत्रसम्म पूर्ण सुरक्षाका साथ सामग्री पुर्या्उँछौं, त्यसपछिको सुरक्षा जिम्मेवारी नेपालको हो। हामी आपूर्ति अवस्थालाई सहज बनाउनका लागि सहयोग गर्न पनि तयार छौं।'
प्रत्युत्तरमा परराष्ट्रमन्त्री पाण्डेले नेपालले भारतबाट सामग्री बोकेर आउने साधनमा सुरक्षा दिने बताए। 'परराष्ट्रमन्त्रीले नेपाली सीमा क्षेत्रमा आपूर्तिमा भएको अवरोधले नेपाली जनताको दैनिक जीवनमा नराम्रोसँग प्रभावित भएको भन्दै भारतीय समकक्षीलाई तत्कालै आपूर्ति सहज बनाउन आग्रह गर्नुभएको छ,' परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ, 'उहाँले नेपाली भूभागभित्र यातायातको साधनको आवश्यक सुरक्षा दिने विश्वास दिलाउनुभएको छ।'
भारत सरकारले अघोषित नाकाबन्दी गरेपछि प्रमुख भन्सार नाकामा इन्धन र अत्यावश्यक सामग्री बोकेका हजारौं ट्रकको लाइन लागेको छ। यस्तै, राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक सामग्रीको अभाव हुन थालेको छ। भारतीय पक्षले भने नेपालको सीमाक्षेत्रमा देखिएको असुरक्षाका कारण सामग्री आउन नसकेको बताउँदै आएको छ। प्रदर्शन नभएको क्षेत्रमा समेत भारतीय सुरक्षाकर्मीले कडीकडाउ गर्दै भारतबाट सामान छिर्न अवरोध गर्ने गरेका छन्।
दुईपक्षीय वार्तामा विदेशमन्त्री स्वराजले भारतविरोधी भावना निकै देखिएको भन्दै त्यो चिन्ताको विषय भएको बताएकी थिइन्। वार्तामा भारतीय विदेश सचिव एस जयशंकरसमेत उपस्थित थिए।
संविधान जारी हुनुभन्दा दुई दिनअघि मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूत बनेर आएका उनी वार्ताको पूरै अवधी चुप रहेको त्यहाँ उपस्थित उच्च अधिकारीले जनाए ।
भेटमा स्वराजले भारतले नेपालमा शान्ति भएको हेर्न चाहेको बताइन्। 'हामीले नेपालमा शान्ति चाहेका छौं,' स्वराजको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने, 'सामाजिक सञ्जालमा भारतबारे भएको नकारात्मक टिप्पणीले दुःखी छौं।'
नेपाली टोलीले भारतीय अधिकारीसँग सीमामा भइरहेको गतिविधिले भारतविरोधी भावना नेपालमा बढेको अवगत गराएका थिए।
भेटमा उपस्थित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेशचन्द्र भट्टराईले सीमा क्षेत्रमा निकै संवेदनशील भएकाले त्यहाँ भइरहेको गतिविधिले नेपालमा भारतविरोधी भावना बढेको जानकारी गराएका थिए।
'संविधानलाई स्वागत समेत नगर्दा नेपाली जनतामा भारतप्रति संशय बढेको छ,' भट्टराईलाई उद्धृत गर्दै अधिकारीले भने। वार्तामा सल्लाहकार भट्टराईले हिन्दी भाषा प्रयोग गरेका थिए।
स्वराजले भने भारतले संविधानमा कसैका लागि यस्तो व्यवस्था गरिदेऊ भनेर नभनेको दाबी गरेकी छन्। 'नेपाली जनताले बनाउने संविधानमा यस्तो व्यवस्था होस् भन्ने भारतको विषय छैन,' स्वराजले भनाइ उद्धृत गर्दै अधिकारीले भने, 'भारतको चाहना नेपालमा शान्ति स्थापना होस् भन्ने मात्रै हो।'
मोदीका विदेश दूत बनेर आएका विदेश मन्त्रालयका सचिव जयशंकरले भने मधेसी आन्दोलनकारीका सम्बोधन गर्नुपर्ने माग भन्दै नेपाली नेतासँग ७ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै न्युयोर्क गएर स्वदेश फर्केकी विदेशमन्त्री स्वराज पुनः न्युयोर्क पुगेपछि नेपाली समकक्षीसँग भेट भएको थियो।
यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भारतीय गृहमन्त्री राजनाथ सिंहसँग टेलिफोन वार्ता गरेका छन्।