काठमाडौं- राष्ट्रपति रामवरण यादवले सहमतिको आधारमा नयाँ सरकार गठनका लागि आह्वान गरे पनि संविधानअनुसार सहमतीय सरकार गठन भने कम पेचिलो छैन। संविधानमा सहमतिको सरकार भन्नाले व्यवस्थापिका संसदमा रहेका ३१ वटै राजनीतिक दलको सहभागिता बुझिन्छ। राष्ट्रपतिबाट दिइएको समयभित्र सर्वसहमति जुट्ने सम्भावना देखिँदैन।नयाँ सरकार गठन भने टाढा रहेको छैन। बढीमा १५ दिनभित्र बालुवाटारले नयाँ प्रधानमन्त्री पाउने छ। नयाँ सरकार कस्तो र कसको नेतृत्वमा बन्ने विषयमा दलहरुबीच शनिबारबाट छलफल सुरु हुनेछ।
राजनीतिक दलका नेताहरुले संविधान कार्यान्वयन, मधेसमा जारी आन्दोलन सम्बोधन र भारतले लगाएको नाकाबन्दीजस्ता चुनौती सामना गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक देखिएको बताएका छन्।
'अब जाने भनेको प्रमुख तीन राजनीतिक दलसहित सकेजति दललाई समावेश गरेर गठन हुने राष्ट्रिय सहमतिको सरकारमा हो,' एकीकृत नेकपा माओवादीका सचिव तथा प्रमुख सचेतक गिरिराजमणि पोखरेलले नागरिकसँग भने, 'संविधान कार्यान्वयन र पछिल्लो समयमा देखिएको विकसित घटनाक्रमलाई हेर्दा आवश्यकता राष्ट्रिय सहमतिको सरकारकै हो।' उनले प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संसदमा सम्बोधन गर्दा राजीनामा घोषणा गरेको भए राम्रो हुने धारणा राखे। संविधानमा भनिएजस्तो नभए पनि अब बन्ने सरकार तीन दलसहित राष्ट्रिय सहमतिको हुने उनले बताए।
संविधान निर्माणको प्रक्रियामा एकजुट देखिएका राजनीतिक दल फेरि सहमतीय सरकार गठन गर्न सफल होलान्? मधेसकेन्द्रित दलको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न जटिल परिस्थितिमा सहमतीय सरकार गठन सजिलो छैन।
संविधान निर्माण प्रक्रियामा एकजुट देखिएका दलबीच सरकार गठन प्रक्रिया सुरु भएसँगै खटपट पनि देखिन थालेको छ। प्रधानमन्त्री कोइराला तत्कालै संविधान संशोधन गरेर मात्रै राजीनामा दिन चाहन्थे भने एमाले र माओवादी सरकार गठनको प्रक्रिया सुरु गरेर संविधान कार्यान्वयन भएपछि मात्रै संशोधन गर्ने पक्षमा थिए।
नेकपा एमाले र एकीकृत नेकपा माओवादीले राजीनामा गरेर मार्गप्रशस्त गर्न आग्रह गरे पनि प्रधानमन्त्री कोइराला तत्काल त्यसो गर्न तयार भएनन्।
एमाले सचिव गोकर्ण विष्ट भने सहमतीय सरकार गठन प्रक्रिया सुरु भएपछि प्रधानमन्त्री कोइराला कामचलाउ बनेको धारणा राख्छन्। 'राजीनामा नदिए पनि कोइरालाको हैसियत कामचलाउ मात्र हो,' विष्टले नागरिकसँग भने, 'अबको आवश्यकता सहमतीय सरकार हो। अहिलेको परिस्थितिमा दह्रो सरकार आवश्यक छ। त्यसका लागि तीन दलबीच छलफल हुनेछ।'
सहमतीय सरकारको नेतृत्व पूर्व सहमतिअनुसार नेकपा एमाले गर्ने उनले बताए। 'यसअघि भएको सहमतिअनुसार अबको सरकारको नेतृत्व एमालेले गर्ने छ,' सचिव विष्टले भने।
एकीकृत माओवादी सचिव पोखरेल पनि नयाँ सरकारको नेतृत्व एमालेले गर्ने बताउँछन्। '१६ बुँदे सहमतिका बेला भएको भद्र सहमति पनि संविधान बनेपछिको सरकारको नेतृत्व एमालेले गर्ने भन्ने हो,' उनले भने, 'त्यसैअनुसार देश अघि बढ्नु पर्छ। अहिलेको आवश्यक पनि त्यही हो।'
संविधान निर्माणको विषयमा सहमतिका साथ अघि बढेका दलबीच त्यसपछि कसरी अघि बढ्ने भन्नेमा फरक–फरक धारणा छ।
कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्का प्रधानमन्त्री कोइरालाको संसदकै सम्बोधन राजीनामा भएको बताउँछन्। 'हामी संसदीय प्रणालीमा विश्वास गर्ने दल हौँ। संसदीय प्रणालीमा प्रधानमन्त्रीले संसदमा उभिएर सहमतीय प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई भनेपछि त्यही राजीनामा हो भन्ने बुझिन्छ,' सहमहामन्त्री खड्काले भने, 'संविधानको पूर्ण कार्यान्वयका लागि पनि दलहरूबीच सहमति कायम गरेर अघि बढ्नुको विकल्प छैन।' उनले आगामी सरकारको नेतृत्व गर्ने भन्ने विषय पार्टीभित्र छलफल भएपछि बाहिर आउने बताए।
'दलहरुबीच आन्तरिक छलफल सुरु हुन्छ, त्यसमा यसअघि कसैले केही सहमति गरेका छन् भने त्यो पार्टीको छलफलमा आउँछ,' सहमहामन्त्री खड्काले भने, 'त्यसपछि औपचारिक छलफल सुरु हुनेछ ।'
उनले पार्टीको औपचारिक निकायमा छलफल र निर्णय नहुन्जेलको अवस्थामा बाहिर आएका धारणालाई वैयक्तिक मान्नुपर्ने बताए।
सहमहामन्त्री खड्काले केन्द्रीय पदाधिकारी, कार्यसमिति, अन्य निकायका बैठकपछि उचित नीति पार्टीले लिने बताए। 'हामी पनि सहमतीय सरकारको पक्षमा हौं तर कसरी सरकार गठन गर्ने भन्ने विषयमा पार्टीले औपचारिक निर्णय गर्ने छ,' उनले भने।
दलहरूले सहमतिको सरकार गठन गर्ने बताउने गरे पनि पहिलो र दोस्रो दल सरकारमा बस्दा राम्रो नहुने भन्दै कांग्रेस वा एमालेमध्ये एक प्रतिपक्षमा बस्नुपर्ने धारणा पनि आएको छ।
केही नेता भने दलहरूलाई मिल्न नदिने उत्तिकै प्रयास भएको बताउँछन्। 'हाम्रो प्रयास अन्तिम समयसम्म सहमतीय सरकार गठन गर्नेमा हुनेछ,' सचिव विष्टले भने, 'सहमति हुन नदिन र देशलाई सहज बाटोबाट हिँड्न नदिन ठूलो कोसिस भइरहेको छ।'
यस्तै धारणा राख्छन् एकीकृत नेकपा माओवादीका सचिव पोखरेल पनि। 'अहिले दलहरुबीच संविधान निर्माणको चरणमा देखिएको एकतालाई फुटाउन ठूलो प्रयास भएको छ,' पोखरेलले भने, 'दलहरुबीच एकता कायम हुन सकेन भने संविधान कार्यान्वयन हुन सक्दैन।'
मधेसी दलले उठाउँदै आएका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक छ। त्यो काम कांग्रेस र एमाले एकै स्थानमा रहे मात्रै सहज हुन्छ।