अभाव झेल्न मितव्ययी
१५ असोज २०७२
•
१३ मिनेट पाठ
अभाव झेल्न मितव्ययी
भारतले अघोषित नाकाबन्दी लगाएसँगै एक साता नेपाल–भारत सीमा ठप्प रह्यो। विगत केही दिनदेखि सुनौली रुपैडिया नाका खुकुलो गरे पनि काठमाडौंमा सहज आपूर्ति हुन सकेको छैन। सार्वजनिक यातायातमा चाप उत्तिकै छ भने सवारीसाधन निकै कम चलेका छन्। काँकडभिट्टा, जोगबनी, रक्सौल, सुनौली र रुपैडियाजस्ता भारतबाट नेपाल भित्रिने प्रमुख नाकामात्र होइन, छोटी भन्सार रहेका क्षेत्रमा पनि गत साता सीमा नाकाबाट गाडी छिर्न सकेनन्। अघोषित नाकाबन्दीको विरोधमा आवाज उठिरहँदा सीमाको दसगजा समेत नछोडी प्रदर्शन भए।डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको आयातमा नेपाल भारतमा निर्भर रहँदै आएको छ। नाकाबन्दीपछि इन्धन भित्रिएको छैन। पेट्रोलियम पदार्थको आपूर्ति लगभग ठप्प छ। धेरै खाद्यान्न भारतबाट आयात हुने भएकाले अहिलेकै अवस्था जारी रहे केही समयपछि त्यसको अभाव हुने सम्भावना देखिन्छ। तेस्रो मुलुकबाट पनि सामान भारतको बाटो हुँदै ल्याउनुपर्ने भएकाले अहिले लगभग आयात–निर्यात दुवै ठप्प छ।

सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य संस्थानले काठमाडौं उपत्यकामा मात्र ७ हजार ८ सय टन चामल, पिठो र अन्य खाद्यान्न सञ्चित रहेको बताएको छ। देशभर रहेका विभिन्न सरकारी गोदाममा १ लाख २० हजार टन चिनी र १ लाख १३ हजार टन नुन भण्डार रहेको अधिकारीहरू बताउँछन्। अहिलेलाई खाद्य पदार्थको पर्याप्त सञ्चिती रहेकाले बजारमा तत्काल खाने कुराको अभाव नहुने उनीहरूको दाबी छ।

नेपाल सरकारले औपचारिक तथा अनौपचारिक रूपमा आपूर्ति सहज बनाउने प्रयास गरिरहेको वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेलबासे बताउँछन्। सामान्य अवस्था रहेमा ४ महिनासम्मलाई पुग्ने खाद्यसामग्री स्टकमै रहेको भए पनि दसैं–तिहारजस्ता चाडपर्वमा खाद्यान्नको माग धेरै हुने भएकाले अभाव हुन सक्ने सम्भावनालाई भने उनले नकार्न सकेनन्। ठिक्क मात्रामा प्रयोग गर्ने हो भने २/३ महिनालाई पुग्ने खाद्यान्न भएको उनी बताउँछन्। 'अहिलेको समस्या भनेको सबै नेपालीको समस्या हो। यस्तो बेला सबैले आवश्यक कुरालाई न्युन मात्रामा खपत गर्नुपर्छ,' उनले भने।

उपत्यकामा मानिसको चाप धेरै भएकाले अभाव भएको देखिएको बेलबासे बताउँछन्। अहिलेको अवस्थामा ग्याँसको विकल्पको रूपमा वैकल्पिक उर्जाको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। 'खाना पकाउन कोइला वा ब्रिकेट प्रयोग गर्न सकिन्छ,' उनले सुझाए, 'सफा बोतलमा पानी हालेर घाममा सुकाउने अर्थात् सोडिस प्रविधि प्रयोग गरेर पनि पिउन सकिन्छ।'

मुलुकको यो विषम परिस्थितिलाई दृष्टिगत गरी हरेक नागरिकले योगदान गर्नुपर्ने उनी बताउँछन्। सरकारले सार्वजनिक यातायातलाई प्राथमिकता दिएको भन्दै उनले अहिले सार्वजनिक यातायात, अस्पताल, सुरक्षा निकायजस्ता अत्यावश्यक क्षेत्रलाई पेट्रोलियम पदार्थ वितरण गरिरहेको दाबी गरे। 'खाना पकाउने ग्यासको सिलिन्डर धेरै भएमा आफ्नो घरमा मात्र जगेडा नराख्ने, अनावश्यक खाद्यान्न स्टकमा नराख्ने गर्नाले अहिलेको अभाव कम हुन सहयोग गर्छ,' उनी भन्छन्। व्यापारीले पनि देशको अहिलेको अवस्थालाई विचार गर्दै कालोबजारी गर्न नहुने र उपभोक्ताले पनि अनावश्यक किनमेल गरेर सम्भावित कालोबजारीलाई प्रोत्साहन दिन नहुने उनको सुझाव छ। 'सम्भव भएसम्म विद्युतको प्रयोग गरौं। सबै कुराको प्रयोगमा मितव्ययी हौं,' बेलबासेले भन्छन्।

उपभोक्ता अधिकारकर्मीहरू भने खाद्यान्न पर्याप्त मात्रामा भए पनि कालोबजारी गर्नका लागि व्यापारीहरूले बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने सम्भावना औंल्याउँछन्। यसका लागि सरकारले नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने र दैनिक उपभोग्य वस्तुको प्रभावकारी बिक्री वितरणका लागि विकल्प ल्याउनुपर्नेमा उनीहरूको जोड छ।

उपभोक्ताका लागि अहिलेको अवस्था चिन्ताजनक छ। तर यो अवस्थामा उपभोक्ता निराश हुनु र आत्तिनु भनेको सरकारलाई भारतसामु झुक्न दिनुसरह रहेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष्य ज्योति बानियाँ बताउँछन्। 'त्यसैले उपभोक्ताहरू नआत्तिइकन यो अवस्थासँग जुध्न सक्नुपर्छ,' उनले भने। नेपालमा धेरै वस्तु बाहिरबाट आयात गर्नुपर्ने भएकाले नाकाबन्दी खुलेको अवस्थामा पनि सामान्य हुन समय लाग्ने देखिएको छ। त्यसैले पनि अत्याधिक र अनावश्यक मात्रामा सामानको प्रयोग नगर्न उनको सुझाव छ। 'खाना पकाउने ग्यासको प्रयोग घटाऔं। कालोबजारी नियन्त्रणमा सहयोग पुर्या औं,' उनी भन्छन्। अघोषित नाकाबन्दी लामो समयसम्म गरेर सरकारलाई गलाउने नीति भारतको भएकाले यसलाई विफलमा पार्न नागरिकले साथ दिनुपर्ने उनले बताए।

आयातित सामग्रीहरूमा धेरै निर्भर भएकाले नेपालमा अहिले समस्या परेको छ। अहिलेको अघोषित नाकाबन्दीको अवस्थामा मात्र नभई उपभोक्ताहरूले सधैंभरि मितव्ययी हुनुपर्ने बानियाँ बताउँछन्। 'पेट्रोलियम पदार्थको अनुचित प्रयोग नगरौं। हिँडेर पुग्न सकिने ठाउँमा हिँडेर यात्रा गरौं। सवारी साधन चलाउन इन्धन छ भने एक्लै यात्रा नगरौं,' उनले भने, 'लिफ्ट दिने संस्कारको विकास गरौं।'

अहिलेको मुख्य संकट इन्धनको भएकाले इन्धनको आपूर्तिमात्र नभई स्रोतको विकल्प खोज्नुपर्ने आवाज चौतर्फी उठिरहेको छ। इन्धन अभावले सार्वजनिक तथा निजी सवारी साधनको लाइन पेट्रोल पम्पदेखि केही किलोमिटरसम्म देखिन्छ। यही संकटले गर्दा देशको एक ठाउँमा उत्पादन भएका तरकारी, फलफूलसहित अन्य खानेकुरा अर्को ठाउँसम्म पुर्याधउन कठिन भइरहेको छ।

अहिलेको अवस्थालाई मध्यनजर गरेर विद्युत वा यस्तै वैकल्पिक ऊर्जाबाट चल्ने सवारी साधनलाई प्राथमिकता दिनुपर्ने वैकल्पिक ऊर्जा इन्जिनियरिङका प्राध्यापक जगन्नाथ श्रेष्ठको सुझाव छ। हामीसँग पेट्रोल, डिजेलजस्ता इन्धन नहुनाले समय–समयमा अहिलेको जस्तो अवस्था आइरहने भएकाले अब विद्युतीय यातायातका साधनलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए। 'ब्याट्रीबाट चल्ने टेम्पो अहिले भएको भए धेरै राहत हुन्थ्यो। आगामी दिनमा यस्ता कुरामा गम्भीरतापूर्वक सोच्नु जरुरी छ,' उनले भने। नेपालका राजनीतिक नेतृत्व र उच्च ओहदामा बच्ने व्यक्तिहरूले सबै कुरा जानेका हुन्छन् भन्ने भ्रम रहेको भन्दै उनी यसका लागि सम्बन्धित विज्ञसँग सल्लाह लिई दीर्घकालीन योजना बनाउन सुझाउँछन्।

अहिले इन्धनको हाहाकार भइरहेको समयमा सम्भव भएसम्म विद्युतको प्रयोग, पैदल हिँडेर पुगिने ठाउँमा पैदल यात्रा गर्न उनी सुझाव दिन्छन्। 'हिँड्दा छाता ओढ्ने, पानीको बोतल बोकेर हिँड्ने गर्नुपर्छ,' उनी थप्छन्, 'पानीलाई ग्यासको साटो घाममा तताएर पिउन सकिन्छ। कमभन्दा कम सामान खपत गर्ने बानी बसाल्नुपर्छ।'

सरकारी अधिकारी र विज्ञहरूले भनेजस्तै उपभोक्ताहरू पनि उपलब्ध स्रोतको मितव्ययी प्रयोगमा सचेत हुन थालेका छन्। हालै राजधानीमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले 'कारपुल' अभियान सञ्चालन गरेका छन्। एक जनाको कारमा आफ्नो रुटमा यात्रा गर्ने अरू कसैलाई लिफ्ट दिएर उनीहरूलाई गन्तव्यसम्म पुग्न सहयोग पुर्याोउने यो अभियानले नेपालीहरू एकताबद्ध हुन अझ सहयोग गरेको अभियन्ताहरू बताउँछन्।

अहिलेको समयमा देशलाई कमजोर बनाउन खोजिएको भन्दै यो अवस्थामा एकले अर्कालाई सहयोग गर्नुपर्ने लाजिम्पाट बस्ने अनुराग पौडेल बताउँछन्। लाजिम्पाटबाट झम्सिखेलमा रहेको कार्यालय जाँदा उनले आफ्नी श्रीमतीको कार्यालय बानेश्वर पुर्याछउँछन् र त्यहाँबाट पुल्चोक वा जावलाखेलसम्म पुग्ने अपरिचित कसैलाई लिफ्ट दिन्छन्। 'श्रीमान् र श्रीमती दुवैले सवारी साधन चलाउँदा खर्च हुने इन्धनको केही हिस्सा यसले जोगाउँछ,' उनले भने, 'गाडी नपाएर दुःख पाएका यात्रुलाई लिफ्ट दिँदा सहयोगको महसुस भएको छ।' आफ्नो कार र मोटरसाइकल दुवै भएकाले अवस्था यस्तै रहे कम इन्धन खपत हुने मोटरसाइकल चलाउने उनको योजना छ। 'इन्धन जेमा कम खर्च हुन्छ, त्यही चलाउनु अहिलेको जरुरत हो,' पौडेल थप्छन्। इन्धनजस्तै अन्य दैनिक उपभोग्य वस्तुमा पनि किफायती हुनुपर्ने उनको सल्लाह छ।

संकटमा मितव्ययी हुने उपाय

• अनावश्यक यात्रा नगर्ने।

• सकेसम्म सार्वजनिक यातायातको प्रयोग गर्ने।

• हिँडेर पुग्न सहज हुने ठाउँमा पैदल यात्रा गर्ने।

• साइकल प्रयोग गर्ने

• सवारी साधन चलाउँदा सकेसम्म एक्लै यात्रा नगर्ने, लिफ्ट दिने।

• गाडी, मोटरसाइकलजस्ता धेरै सवारी साधन भए कम तेल खपत गर्ने सवारी साधन प्रयोग गर्ने।

• पानीलाई ग्यासको सट्टा घाममा तताएर पिउने।

• खाना पकाउन ग्यासको विकल्पमा ब्रिकेट प्रयोग गर्ने।

• अनावश्यक मात्रामा खानेकुरा सञ्चित गरेर नराख्ने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस