काठमाडौं- राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको ६१ वर्षको उमेरमा निधन भएको छ। पेङक्रियाजको क्यान्सर भएका गुरुङलाई दिल्ली हुँदै थप उपचारका लागि अमेरिका लगिएको थियो। उनको अमेरिकाका कोलोराडो अस्पतालमा नेपाली समयअनुसार ८ बजे निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।महामन्त्री गुरुङलाई भदौ ३ गते उपचारका लागि मेदान्ता अस्पताल लगिएको थियो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले महामन्त्री गुरुङ निधनबाट देशले एक राष्ट्रवादी नेता गुमाएको बताएका छन्। २०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए।
राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालकेा महामन्त्री बने। पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता रहेका गुरुङ दोस्रो संविधानसभा निर्वाचन भने स्याङजा-१ बाट पराजित भएका थिए।
'गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्न भोलि (आइतबार) बिहान केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्नेछ,' राप्रपा नेपालका सह प्रवक्ता मोहन श्रेष्ठले भने, 'गुरुङको अत्येष्टी नेपालमै हुने छ।'
गुरुङका एक श्रीमति, छोरा र छोरी छन्।