काठमाडौं- भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पेट्रोलियम पदार्थ दिने विषयमा भारतीय अधिकारीले अनेक बहानाबाजी गरिरहेको जनाउँदै त्यस्तो बहानाबाजी सोमबारबाट सकिने बताएका छन्।
भारतका उच्च अधिकारीहरूले अत्यावश्यक सामग्रीको आपूर्ति सहज हुने बताए पनि इन्डियन आयल कर्पोरेसन (आइओसी) ले इन्धन उपलब्ध गराएको छैन।
'शनिबार गान्धी जयन्ती र आइतबार साप्ताहिक सार्वजनिक बिदाका कारण पेट्रोलियम पदार्थ लोड गर्ने कामदार नभएर इन्धन दिन नसकेको आइओसी अधिकारीहरूले बताएका छन्,' राजदूत उपाध्यायले टेलिफोनमा नागरिकसँग भने, 'भोलि (सोमबार) बाट उनीहरूको यो बहाना पनि सकिन्छ।'
राजदूत उपाध्यायले पछिल्लो समयमा भारतीय अधिकारीहरूले अनेक बहानाबाजी गर्न गरेको महसुस भएको बताएका छन्। 'भारतीय अधिकारीहरूले पहिले भन्दा अलिबढी बहानाबाजी गर्ने गरेका छन्। शीर्ष नेतृत्वले ठिकै कुरा गर्छन्। तर काम गर्ने ठाउँमा अनेक बहान देखाउँछन्,' राजदूत उपाध्यायले भने, 'पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन प्राथमिकतामा राखेर काम भएको छ।'
यसअघि राजदूत उपाध्यायलाई भारतीय अधिकारीहरूले प्रदर्शनकारीको अवरोध रहेको वीरगन्ज नाकाबाहेक अन्य नाकाबाट आपूर्तिलाई सहज बनाउन स्थानीय अधिकारीलाई जानकारी गराइसकेको बताएका थिए। तर नेपाल सरकारका अधिकारीहरूले भने भारतीय भन्सार कार्यालयहरूमा सम्पर्क गर्दा त्यस्तो निर्देशन आइनपुगेको बताएका छन्।
यसअघि नै भारतीय समाचार एजेन्सी पिटिआईसँग कुरा गर्दै राजदूत उपाध्यायले नेपालतर्फ आपूर्तिमा रहेको समस्या समाधान गर्न समयतालिका तोक्न माग गरेका थिए।
भारतीय पक्षले नेपालको नेतृत्वलाई जतिसक्दो चाँडो समस्या समाधान गर्ने आश्वासन दिए पनि राजदूत उपाध्यक्षले भने, 'उनीहरू (भारत) ले निश्चित समय तोक्नुपर्छ। यसको अर्थ घन्टा, साता वा महिना कति हो?'
उनले भारतले पेट्रोलियम पदार्थको सहज आपूर्ति सुरु नगरे चीनतर्फ लाग्ने बताइसकेका छन्। पिटिआईसँगको अन्तर्वार्तामा राजदूत उपाध्यायले भारतले भित्तामा पुर्यापए चीनतर्फ जान बाध्य हुने बताएका थिए। 'त्यसका लागि बन्दोबस्तीको धेरै समस्या होला तर नेपाललाई चीनसहित अन्य देशतर्फ जानुको विकल्प हुँदैन,' उनले भनेका थिए।
राजदूत उपाध्यायले वीरगन्ज भन्सार नाका रोक्न भारतीय भूमि प्रयोग गरेको विषयमा समेत आपत्ति जनाएका बताएका छन्। 'आन्दोलनकारीले दसजगा क्षेत्रमा पालै टाँसेर अवरोध गरेका छन्। नेपालका सुरक्षाकर्मीले हटाउन बल प्रयोग गर्न खोज्दा उनीहरू भारत प्रवेश गर्छन,' राजदूत उपाध्यायले भने, 'खासगरी वीरगन्जमा यस्तो समस्या छ।'