झापा– नेपाली ट्यांकरहरुलाई तेल भर्नै रोक लगाइरहेको भारतीय आयल कर्पोरेशनले सोमबार पाँच ट्यांकर डिजेल र एक ट्यांकर हवाई इन्धन भरिदिएको छ।भारत पश्चिम बंगालको सिलिगुढीस्थित कर्पोरेसनको डिपोमा इन्धन भरिएपछि ती साधन पूर्वी नाका काँकडभिट्टातिर आउने क्रममा छन्।
काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले दिएको जानकारीअनुसार ११ दिनयता तेल भर्न पालो कुरेर बसेका नेपाली ट्यांकरलाई बल्ल डिजेल र हवाई इन्धन थोरै भए पनि दिइएको हो। तर, पेट्रोल र मट्टितेल भने अझै भरिएको छैन। सिलिगुढीबाट तेल भरेर काँकडभिट्टातिर हिँडेका ती ट्यांकर भारतीय नाकामा कुनै अवरोध नभए साँझसम्ममा नेपाल भित्रनेछन्। तर, नेपाली भन्सार अधिकारीहरु पूरै विश्वस्त भने छैनन्। 'तेल थोरै भए पनि भरिएको जानकारी आएको छ ', मेची भन्सारका एक अधिकृतले भने 'तर, अब नाकामा एसएसबीले के गर्छ हेर्नुछ।' उनले पश्चिमका केही नाकामा भएको अवरोध पूर्वमा पनि भए त्यही डिजेल र हवाई इन्धन पनि आउन नसक्ने बताए।