नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीका लागि सिफारिस गरिएका तर सपथ लिइ नसकेका आफ्ना पार्टीका नेताहरुलाई सफलताको शुभकामना दिइसकेका छन्।
पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा बोल्दै उनले सपथ ग्रहण गरेर मन्त्री नभइसकेकालाई बधाई दिएका हुन्। ‘कमजोरीलाई ध्यानमा राखेर अव जाने टिमले राम्रो काम गरोस भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाई छ’, नेपालले भने।
उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए। पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन नहुने अध्यक्ष नेपालको भनाई थियो।
उनले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताए। अध्यक्ष नेपालले भने, ‘अब दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं। मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ। यथोचित मूल्यांकन हामी गरौंला। राम्रो कामको निम्ति धन्यवाद दिनेछौं।’
नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने पनि बताए। अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
उनले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन पार्टीले चाहेको बताए। उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भईरहे पनि त्यसको पछि नलाग्न पार्टी पंक्तिलाई आह्वान गरे।
गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो। उनले भने, ‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन। हामी यो गठबन्धनलाई चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं। यो गठबन्धन कसरी भत्कियोस्। आपसी अविश्वास कसरी बढोस भनेर अनेकखालका प्रयत्नहरु पनि भएका होलान। तर त्यसको पछाडि हामी लाग्नु हुँदैन। हामी इमान्दारिताका साथ चल्छौं। तर कमजारी भएका छन भने त्यसको आलोचना पनि गर्छौं। हामीलाई एकल्याउन खोजिएको छ भने त्यसो आलोचना गर्छौंं। आफ्नो अडानमा दृढताका साथ उभिन्छौं। हामी अडानमा नउभिने, अरुले पेल्यो भनेर रुने यस्तो काम गर्न हुँदैन। त्यसले हाम्रो कमजोरी झल्किन्छ। तथ्यको आधारमा, तर्कको आधारमा आफ्नो कुरालाई पुष्टि गर्न सक्नुपर्दछ। चाहिने दुईटा कुरा हो–पहिलो तथ्य हो, दोस्रो तर्क हो। सक्दैसक्दैनौं।’
अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको पनि बताए।