फास्ट ट्रयाक ठेक्का अनिर्णीत
१९ असोज २०७२
•
१४ मिनेट पाठ
फास्ट ट्रयाक ठेक्का अनिर्णीत
काठमाडौं–तराई फास्ट ट्र्याक निर्माण जिम्मा भारतीय कम्पनीलाई दिन नहुने भन्दै एमाले र एमाओवादी नेतासहित कांग्रेसकै केही नेता उभिएपछि निर्णय प्रक्रिया तत्कालका लागि रोकिएको छ ।




प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार पूर्वप्रधानमन्त्रीहरु सम्मिलित उच्चस्तरीय बैठकमा अधिकांशले अहिलेकै प्रक्रियाका आधारमा दिन नहुने भन्दै आपत्ति जनाएपछि प्रक्रिया रोकिएको हो ।

बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले समेत निर्माणकर्ता कम्पनीलाई अहिलेकै प्रक्रियामा दिँदा राज्यले ठूलो आर्थिक नोक्सान बेहोर्नुपर्ने भएकाले अध्ययनपछि मात्र अघि बढाउनुपर्नेमा जोड दिए ।

'यो गम्भीर विषय रहेछ, विस्तृत अध्ययन नगरी दिन हुँदैन,' बैठकमा उपस्थित एक सांसदले प्रधानमन्त्रीलाई उद्धृ्रत गर्दै भने, 'यो आयोजना देशलाई फाइदा हुने गरी मात्र बनाउनुपर्छ ।'

भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिको आग्रहमा प्रधानमन्त्री कोइरालाले बैठक आयोजना गरेका थिए । बैठकमा उपस्थित पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाललगायतले न्यूनतम सवारी ग्यारेन्टी गरेर निर्माण गर्न दिन नहुने धारणा राखेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात सचिव गजेन्द्रकुमार ठाकुरले फास्ट ट्र्याकबारे प्रस्तुति गर्दै भारतीय कम्पनीलाई दिँदा राज्यलाई कुनै नोक्सान नहुने तर्क पेस गरेका थिए । मन्त्री निधि, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेतले यो प्रक्रिया ठिक रहेको धारणा राखेका थिए । देउवाका आफन्त फास्ट ट्र्याकका एजेन्ट भएकाले पनि उनले भारतीय कम्पनीलाई ठेक्का दिन जोड दिँदै आएको स्रोतले बतायो ।

अर्थमन्त्री रामशरण महतसमेत आयोजना भारतीय कम्पनी 'आइएल एन्ड एफएस' लाई नै दिनुपर्ने अड्डीमा थिए तर नेपाली कांग्रेस उपसभापपति रामचन्द्र पौडेललगायत अन्य सांसदले विस्तृत अध्ययन गरेर मात्र राज्यलाई नोक्सानी नहुने गरी ठेक्का दिनुपर्ने धारणा राखेका थिए ।

संसदको अर्थ समितिले यसअघि नै अहिलेको ठेक्का रद्द गरेर सरकार आफैंले फास्ट ट्र्याक बनाउनुपर्ने सुझाव दिएको थियो । समितिले गठन गरेको उपसमितिले सरकारले निर्माणकर्ता कम्पनीलाई न्यूनतम आम्दानी ग्यारेन्टी, सहुलियत ऋण र अनुदान दिने तयारी गर्नु आर्थिक अपराध भएको निष्कर्ष निकालेको छ ।

उपसमितिको संयोजकसमेत रहेका सांसद केशवप्रसाद बडालले कम्पनीले पेस गरेको प्रस्तावकै आधारमा आयोजना निर्माण गर्न दिन नहुने भन्दै कडा आपत्ति जनाएका छन् । उनका अनुसार २०४८ सालमा महत राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र महेश आचार्य अर्थ राज्यमन्त्री हुँदा नै यो सडक निर्माण गर्न प्रस्ताव गरिएको थियो ।

२४ वर्षअघि काठमाडौंबाट वीरगन्ज जोड्ने गरी फास्ट ट्र्याक अवधारणा अघि सारिएको थियो । त्यतिबेलै यो सडकले वार्षिक १० अर्ब रुपैयाँबराबर पेट्रोलियम पदार्थको आयात घटाउने प्रक्षेपणसमेत गरिएको थियो ।

भौतिक मन्त्रालयले भारतीय कम्पनीलाई आयोजना दिने तयारी गरिरहँदा लगानी बोर्डले समेत यसमा आपत्ति जनाएको छ । ५ अर्ब रुपैयाँमाथिका आयोजना बोर्डको क्षेत्राधिकारमा पारिए पनि तत्कालीन भौतिक सचिव तुलसीप्रसाद सिटौलाका कारण आयोजना बोर्डलाई हस्तान्तरण गरिएको थिएन ।

मोटो कमिसन खाएर भारतीय कम्पनीलाई दिनकै लागि सिटौलाले फास्ट ट्र्याक बोर्डलाई हस्तान्तरण नगरेको मन्त्रालयका अधिकारी बताउँछन् । तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले ६ महिनाअघि अर्थात् २०७१ चैत ३ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ४ पृष्ठ लामो ध्यानाकर्षण पत्र लेख्दै यो प्रक्रिया रोक्न निर्देशन दिएका थिए ।

सिटौलाले भने पौडेलको पत्रको बेवास्ता गर्दै ठेक्का प्रक्रिया अघि बढाएका थिए । भारतीय कम्पनीलाई अनुदान र सहुलियत ऋणसहित करिब ९० अर्ब रुपैयाँ सरकारले लगानी बेहोरिदिनु गलत रहेको उपसमितिले ठहर गरेको छ ।

भारतीय कम्पनीले निर्माण सकिएको पहिलो वर्ष नै ४५ हजार १७ कार (पर कार युनिट– पिसियु) गुड्नुपर्ने र उक्त संख्या नपुगे सरकारले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने प्रस्ताव राखेको छ । यसरी आम्दानी ग्यारेन्टीको जिम्मा लिँदा २५ औं वर्षमा सरकारलाई ८ खर्ब ७० अर्ब रुपैयाँ नोक्सान पर्नेछ

राज्यलाई यति ठूलो नोक्सानी पर्ने गरी कुनै अवस्थामा पनि आयोजना उक्त कम्पनीलाई दिन नहुने बडालको जोड छ । 'आयोजना निर्माण रोक्न खोजिएको होइन तर राज्य थला पर्ने गरी बनाउन दिनु राज्यप्रतिको गद्दारी हो,' उनले भने ।

आयोजना निर्माण सकिएपछि पहिलो वर्ष सरकारले ग्यारेन्टी गरेको १ करोड ६४ लाख ४१ हजार ३ सय २२ र हरेक वर्ष बढ्दै गएर २५ औं वर्षमा २ करोड ४७ लाख ४९ हजार ६ सय ७९ पुग्ने अध्ययनमा उल्लेख छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको जानकारीअनुसार अहिले नागढुंगा र फर्पिङबाट गरी दैनिक ८ हजार ६ सय ६८ सवारी आवागमन हुन्छ । यसैका आधारमा प्रस्तावित सवारी कुनै हालतमा नपुग्ने हुँदा सोझै राज्यको ढुकुटीबाट वार्षिक अर्बौ रुपैयाँ कम्पनीलाई तिर्नुपर्ने देखिन्छ ।

मुलुकको आर्थिक रुपान्तरणसँग जोडिएको सडक निर्माण गर्दा घाटा सरकारले बेहोर्नुपर्ने र नाफा कम्पनीले लैजाने अव्यावहारिक सम्झौता गर्न नहुने पनि बडालले बताए । सरकारले निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) र सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्ने भने पनि यो प्रक्रिया दुवै मोडलविपरीत रहेको पनि उपसमितिले निष्कर्ष निकालेको छ ।

पौडेलले सिटौलालाई लेखेको पत्रमा भनिएको छ, 'राजस्व प्रत्याभूति वा न्यूनतम सवारी प्रत्याभूतिमा सडक बनाउने गरी सम्झौता हुँदैन भन्ने सार्वजनिक भएपछि नीति, व्यापार÷सञ्चालन र काबुबाहिरको परिस्थिति (फोर्स मेजर) सबै जोखिम राज्यले बेहोरेर व्यवसायीलाई नाफा मात्र खान दिने मोडल यो सडकका लागि ठिक नभएकाले त्यसो नगर्न तपाईंलाई आग्रह गरिएको हो ।

आयोजनामा लाग्ने भनिएको रकममध्ये सरकारले ९० अर्ब रुपैयाँ लगानी गर्ने अवस्थामा आइएल एन्ड एफएसलाई लगानीकर्ताका रुपमा उल्लेख गर्न नसकिने उपसमितिको अध्ययनमा छ ।

प्रतिवेदनअनुसार सन् २००८ मा एसियाली विकास बैंक (एडिबी) ले गरेको अध्ययनमा अनुमानित लागत ६७ अर्ब रुपैयाँ तोकिएको थियो । उक्त रकम वर्तमान मूल्यमा रुपान्तरण गर्दा ९७ अर्ब रुपैयाँ हाराहारी हुन्छ । तर, कम्पनीले राज्यलाई बढी दायित्व पर्ने गरी प्रक्षेपण गरी विस्तृत आयोजना अध्ययन (डिपिआर) तयार भएको छ ।

डिपिआर तयार गर्दा अन्तर्राष्ट्रिय मापदण्डलाई आधार नबनाइएको र नेपाल राष्ट्र बैंकको इन्डेक्सलाई समेत आधार नलिइएको हुँदा लागत अनुमान वस्तुपरक र यथार्थपरक नदेखिएको अध्ययनको निष्कर्ष छ । तीन प्रतिशत ब्याजमा ७५ अर्ब रुपैयाँ सहुलियत ऋण र १५ अर्ब रुपैयाँ अनुदान सरकारले दिने तर ऋण लगानीको सावाँब्याज भुक्तानी र अनुदान रकमको सम्बन्धमा स्पष्ट उल्लेख नगरेको उपसमितिको अध्ययनमा छ ।

अहिलेको प्रक्रियाबाट सडक बनाउँदा सयौं वर्षसम्म राज्यले नोक्सानी बेहोर्नुपर्ने हुँदा तत्काल ठेक्का रद्द गर्नुपर्ने बताउँदै आएका छन् ।

मन्त्रालयले पहिलो ठेक्का आह्वान गर्दा आसयपत्र (एलओआई) बुझाउने समय ४५ दिन राखे पनि दोस्रोपटकको ठेक्कामा यस्तो समय ३० दिनमा छोट्ट्यायो । गलत नियतकै कारण दोस्रो पटक समय कम राखिएको मन्त्रालयकै अधिकारी बताउँछन् ।

त्यतिबेला दुई चिनियाँ कम्पनीले आसयपत्र बुझाउने म्याद एक साता माग्दा तत्कालीन सचिव तुलसीप्रसाद सिटौलाका कारण म्याद नथपिएको कर्मचारीको आरोप छ ।

सार्वजनिक खरिद ऐनमा समेत अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्दा आसयपत्र बुझाउने समय ४५ दिन तोकिएको हुन्छ । तत्कालीन सचिव सिटौलाले खरिद ऐन नै उल्लंघन गरेको स्रोतले बतायो । १ हजार रुपैयाँप्रति पिसियु (अध्ययनले एक कारबराबर एक पिसियु मानेको छ) भए पुग्नेमा नयाँ ठेक्कामा १ हजार ५ सय ५८ रुपैयाँ कायम गरिएको छ ।

कम्पनीले प्रस्ताव गरेको प्रतिकार (पिसियु) का आधारमा ७६ किलोमिटर सडकमा एउटा मोटरसाइकलले ७ सय ७९ रुपैयाँ टोल शुल्क तिर्नुपर्छ । यस्तै, कारले १ हजार ५ सय ५८, बस÷ट्रकले ३ हजार १ सय १६ र ठूला मालवाहक ट्रकले ४ हजार ४ सय ७४ रुपैयाँ टोल शुल्क तिर्नुपर्छ । यस्तो टोल शुल्क संसारकै महँगो भएकाले सवारीले वैकल्पिक बाटो उपयोग गर्न सक्ने बडालको ठम्याइ छ ।

टोल रकम र ठेकेदारले प्रस्ताव गरेको सवारी संख्याबापतको रकम नउठे त्यसबाट कम्पनीलाई पर्ने नोक्सान सरकारले बेहोर्ने प्रस्ताव गरिएको थियो । यो प्रक्रियामा जाँदा २५ वर्षमा सरकारले कम्पनीलाई करिब ११ खर्ब रुपैयाँ दिनुपथ्र्यो । यसको चर्को विरोध भएपछि नयाँ प्रावधानका आधारमा छलफल अगाडि बढाइएको हो ।

सरकारले ११ खर्ब रुपैयाँ तिर्नुपर्ने देखिएपछि वार्षिक साढे १५ अर्ब रुपैयाँ आम्दानी ग्यारेन्टी र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने प्रावधान अगाडि सारेको हो । अनुदान, सहुलियत ऋण र आम्दानी ग्यारेन्टीको व्यवस्था एलओआइमै उल्लेख गरेर प्रतिस्पर्धामा थप कम्पनी आउने सम्भावनालाई तत्कालीन सचिव सिटौलाले बेवास्ता गरेको मन्त्रालयका कर्मचारीको आरोप छ ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस