काठमाडौं-बेलायतले नेपालको राजदूतमा रिचार्ड मोरिसलाई नियुक्त गरेको छ। काठमाडौंस्थित बेलायती दूतावासले जारी गरेकाे विज्ञप्तिमा मोरिसले नोभेम्बरबाट कार्यभार सम्हाल्ने बताएको छ।बेलायतीय राजदूत एन्ड्रयु स्पार्क्सले कुटनीतिक सेवाबाट अवकास लिएपछि मोरिसलाई राजदूतमा नियुक्त गरिएको हो। नेपालको संविधानमा धर्म परिवर्तन सम्बन्धी व्यवस्था हुनुपर्ने भन्दै पत्रिकामा लेख प्रकाशित गरेपछि स्पार्क्स विवादमा आएका थिए। सोही कारण स्पार्क्सले निर्धारित समयभन्दा अघि नै अवकास लिएका थिए।
१९९० मा परराष्ट्र सेवामा प्रवेश गरेका नव नियुक्त राजदूत मोरिसले यसअघि बेलायती विदेश मन्त्रालयको प्रशान्त क्षेत्रका प्रमुख रहेका थिए। त्यसअघि अस्ट्रेलियाको सिड्नीस्थित महाबाणिज्यदूतकव रुपमा काम गरेका थिए।