नेकपा एमाले सांसद महेश बस्नेतले राज्यका सबै क्षेत्र समस्या ग्रस्त भएको उल्लेख गर्दै सरकार समाधानमा भन्दा पनि सरकार र गठबन्धन टिकाउने तथा प्रतिपक्षलाई कमजोर बनाउने काम व्यस्त भएको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारका मन्त्रीहरु विनियोजन बजेटको छलफलमा पनि उपस्थित नभएर सरकार र सत्ता गठबन्धन टिकाउन नेता र प्रधानमन्त्रीको घरतिर व्यस्त भएको आरोप लगाए।
उनका अनुसार अर्थतन्त्र र बजेटले उद्योगी, व्यवसायी र व्यापारी निराश छन्। बैंकहरु पैसा नभएर टाट पल्टिदै छन्। विद्यालयहरु पाठ्य सामग्रीहरु नभएर बन्द अवस्थामा पुगेको छ। किसानहरु मल अभावले गर्दा यो वर्ष खेती गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका छन्। डिग्री गरेका विद्यार्थीहरु म्यादी प्रहरीमा भर्ती भइरहेका छन्। महिला हिंसा बढ्दो छ र बलात्कारका घटना भइरहेका छन्। मूल्य वृद्धि १५ प्रतिशत भएको छ। नेपाल प्रहरीका कारणले त्रिभुवन विश्वविद्यालय १३९ दिनदेखि बन्द छ। काठमाडौंका सडकहरुमा फोहोर जताततै थुपारिएको छ। सरकार बञ्चरेडाडाँका स्थानीयलाई लाठी र अश्रृग्याँस प्रहार गरिरहेको छ।
‘अर्थतन्त्र ग्याँसट्रिक, अल्सरबाट क्यान्सर हुने अवस्थामा पुगेको छ,’ बस्नेतले भने, ‘तर सरकार र त्यसका मन्त्रीहरु सरकार गठबन्धन कसरी जोगाउने भन्ने काम व्यस्त छन्। नेता र प्रधानमन्त्रीका घरहरु धाइरहेका छन्।’
उनले प्रधानमन्त्री शारीरिक रुपमा अस्वस्थ भएको अवस्थामा सरकार कसरी चलिरहेको छ भनेर मान्छेले प्रश्न गर्न थालेको बताए। ‘मान्छे भन्ने गर्छन्, सरकार बुढानिलकण्ठका महाराज, राजकुमार, बालुवाटारकी महारानी र खुमलटारका महाराजले चलाइरहेका छन्,’ बस्नेतले भने।