काठमाडौं–सहमतीय सरकार गठन गर्न राष्ट्रपति डा. रामबरण यादवले दिएको समयसिमा सकिन एक दिन बाँकी रहँदा नेकपा एमालेले राजनीतिक भेटघाटलाई तीब्रता दिएको छ।नयाँ प्रधानमन्त्रीमा अध्यक्ष केपी ओलीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सहयोग गर्न राप्रपा नेपाललाई आग्रह गरेका छन्। बिहीबार राप्रपा नेपालको पार्टी कार्यालय धुम्बाराहीमा एमालेका नेताहरुले आफ्नो नेतृत्वमा सरकार गठनमा सहयोग गर्न आग्रह गरेका छन्। एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारीलगायतका नेताले आफ्नो दलको नेतृत्वमा सरकार गठन गर्न आग्रह गरेका हुन्। कांग्रेस नेतृत्वमा सरकार गठन गर्दाताका संधिवान जारी भएपछि एमाले नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका थिए। त्यपछि प्रमुख चार दल कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदे सहमतिअघि पनि संविधान जारी भएपछि एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएको स्वयं नेताहरुले नै बताउँदै आएका छन्।
एमाओवादीले आफू भद्र सहमतिको पक्षमा रहेको बताइरहेका बेला कांग्रेसभित्र भने सो भद्र सहमति मान्ने नमान्ने विषयमा विवाद सृजना भएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री एवं सभापति सुशील कोइरालाले प्रमुख दलबीच भद्र सहमति भएको उल्लेख गर्दै त्यसलाई मान्ने वा आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने विकल्पमा छलफल गर्न आग्रह गरेपछि कांग्रेसभित्र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने वा एमाले नेतृत्वलाई सहयोग गर्ने विषयमा विवाद सुरु भएको हो । राष्ट्रपतिले दिएको समयभित्र सहमतीय सरकार गठन हुने संभावना नदेखेपछि भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष ओलीले बहुमतीय सरकार गठन गर्न कसरत थालेका हुन्।