झापा–चाडपर्वको मुखमा किनमेलका लागि भारतीय बजार जाने सर्वसाधारणलाई रोक्ने गरी पूर्वी नाकामा भारतीय सुरक्षा बलले झन् कडा रवैया देखाउन थालेको छ।नेपाल पठाउने पेट्रोलियम पदार्थ बोकेका गाडीलाई मात्रै कडाई गर्दै आएको भारतीय सुरक्षा बल एसएसबीले बिहीबार दिउँसोदेखि नेपालबाट भारततिर जाने सबै खाले सवारीलाई कडाई थालेको छ।
धर्ना र अवरोध नभएपनि अवरोध गरेको काँकडभिट्टा नाकाबाट भारतीय भूमितिर जाने सयौं सवारी घन्टौंसम्म मेची पुलमा जाममा परेका छन्। भारतीय सुरक्षा बलले 'सुरक्षा' को कारण देखाउँदै नेपालबाट जाने साधनमा कडाई गरेको हो । लामो नाकाबन्दीका क्रममा पनि नेपाली सवारी साधनहरु वारिपारि गरिरहेको नाकामा बिहीबारदेखि एक्कासी लामो सुरक्षा जाँच शुरु भएको हो । जसका कारण पूर्वी नाकामा लामो जामको श्रृंखला सुरु भएको छ ।
'अहिले निकैबेर देखि भारतीय सुरक्षा बलले नेपालबाट जाने साधनहरुमा ज्यादै कडाई थालेको छ', काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने, 'यसका कारण आवागमन पूरै प्रभावित भएको छ ।' नेपाल–भारत सीमाको मेची पूलमा दिनभरी जसो नै पारीका गाडी पारि नै, वारिका पनि यतै हुने अवस्था रह्यो । यसले नाकामा भइरहेको सर्वसाधारणको सहज आवागमन पनि प्रभावित बनेको छ।
दुई दिनभित्र ३५ ट्यांकर इन्धन पठाएर पूर्वी नाका केही खुकुलो पारेको सन्देश दिएको भारतीय पक्षले फेरि कडाई थालेपछि सीमा नाकाका नेपाली नागरिक पीडित बनेका छन् । खासगरी ठूला चाडपर्वको मुखमा किनमेलका लागि पारि गइरहेका सर्वसाधारणको आवागमन रोक्ने ध्येयले भारतीय पक्ष झन् कठोर बनेको सीमावर्ती क्षेत्रका बासिन्दाको भनाइ छ। 'नेपाललाई लगातार नाकाबन्दी लगाएको भारतले अब आम नागरिकलाई पनि आउन जान नदिने रवैया देखाउन थाल्यो', निर्यात व्यवसायी सुनिल मित्तल भन्छन्, 'यो भारतीय नियत अब झन् छर्लङ्ग हुँदैछ ।'
त्यसो त नेपाली नागरिकलाई सताउने यस्तो भारतीय नियतले उसैका सीमावर्ती क्षेत्रका नागरिकको पनि हुर्मत लिएको छ । खासगरी नेपाली ग्राहक आश्रित व्यापार चल्ने मुख्य दुईटा बजार पानीट्यांकी र नक्सलबाडीको कारोबार ह्वात्तै घटेको छ । व्यापार व्यवसाय चाैपट भएकै कारण उक्त क्षेत्रका स्थानीयबासी आफ्नै सरकारको कठोर शब्दमा आलोचना गरिरहेका छन् । तर, नेपालको संविधान आफूले भने जस्तो नभएकोमा आक्रोशित भारतीय संस्थापनले आफ्नो इगो पूरा गर्न आफ्नै नागरिकको गाँस खोसिरहेको छ । 'यो भारत सरकारको ज्यादै बहुलट्टीपूर्ण कदम हो', भारतीय माक्र्सवादी पार्टीका कार्यकर्ता तपन घोष भन्छन्,'यसले आफ्नै नागरिक समस्यामा परेको उसले देखेको छैन ।'
नाकामा भएको यस्तो कडाईले भारतीय आययल कर्पाोरेशनले बिहीबार भरिदिएको पाँच ट्यांकर इन्धन नेपाल आइपुग्न झन् कठिन हुने नेपाली पक्षले जनाएको छ । मेची पेट्रोलियम डिलर्स एशोशिएसनका अध्यक्ष लय भण्डारीका अनुसार २५ वटा ट्यांकर तेल लिन गएकामा भारतले जम्मा पाँच वटामा भरिदिएको छ । ३ गाडी डिजेल र २ गाडी पेट्रोल भरिएको जानकारी बिहानै आएको थियो । तर, साँझ अबेरसम्म पनि ती ट्यांकर पानीट्यांकी नाका आइपुगेका छैनन् । यसले ती ट्यांकर पनि अवरोधमा पर्ने खतरा बढेको छ ।
बुधबार मात्रै नेपाली व्यवसायीलाई फोन गरेर भारतीय आयल कर्पोरेसन आइओसीका अधिकारील जति गाडी आयो, त्यत्तिमै तेल भर्न सकिँदैन भनेका थिए । उनीहरुले जति गाडी आउँछ, त्यसको १० प्रतिशतमा मात्रै तेल भरिदिन माथिको आदेश छ भन्दै नेपाली पक्षलाई भनेका थिए ।