भारतले भन्यो- 'नाकाबन्दी छैन, तत्काल खुल्दैन'
२१ असोज २०७२
•
८ मिनेट पाठ
भारतले भन्यो- 'नाकाबन्दी छैन, तत्काल खुल्दैन'
काठमाडौं- भारतले नेपालमा जारी नाकाबन्दी 'तत्काल नखुल्ने' सन्देश दिएको छ। सीमा क्षेत्रमा जारी आन्दोलनले आवागमनमा अवरोध देखिएको तर कुनै प्रकारको नाकाबन्दी नरहेको जिकिर गर्दै भारतीय विदेश मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा 'सीमामा शान्ति नहुन्जेल नाका पूर्ववत रुपमा सञ्चालनमा आउन नसक्ने' स्पष्ट पारेको हो।'नेपालमा हामी (भारत) ले कुनै प्रकारको अफिसियल वा अनअफिसियल नाकाबन्दी लगाएका छैनौं। विभिन्न नाकाबाट आज पनि ट्रक प्रवेश गरेका छन्,' प्रवक्ता स्वरुपले सञ्चारकर्मीको जिज्ञासामा भने, 'धेरैवटा नाकामा अहिले पनि गम्भीर अवरोध छ। यो अवरोध नेपालतिरको अशान्ति, आन्दोलन र प्रदर्शनका कारण भएको तपार्इंहरुलाई थाहै छ।'

नेपाल–भारत नौ नाकामा गरी बिहीबार मध्याह्नसम्म ५ हजार ३ सय ट्रक रोकिएको तथ्यांक उनले सार्वजनिक गरे। प्रवक्ता स्वरुपले अहिलेको आन्दोलनका समस्या नेपालका राजनीतिक दलहरुले नै खोज्नुपर्ने औंल्याए। 'नेपाल सरकारलाई भारत नेपालका सीमा क्षेत्रमा भएको सुरक्षाको अवस्थालाई सम्बोधन गर्न भनेका छौं। जे समस्या छ, त्यो नेपाल पक्षको समस्या हो। नेपालमा एउटा समुदायले संविधान स्विकारेका छैन। त्यसमा परिवर्तन खोजेको छ। संविधान संशोधन भएर जबसम्म यो समस्याको समाधान हुँदैन, तबसम्म यो अवरोध निरन्तर रुपमा हुनेछ। त्यस समयसम्म हाम्रो ट्रक उतातिर जान सक्नेछैन।'

भारतीय विदेश मन्त्रालयले नाकाबन्दीबाट नेपालजत्तिकै भारतलाई पनि नोक्सान भएको दाबी गरेको छ। 'नेपालमा मात्रै होइन, भारतलाई पनि नोक्सान छ। जति ट्रक छन्, त्यसमा उनीहरुको रोजीरोटी निर्भर छ, उनीहरुले उता जान पाएका छैनन्,' उनले भने।

'नेपालमा अहिले जुन समस्या छ,' उनले थपे, 'त्यो समाधान होस् भन्ने चाहन्छौं। समाधान नेपालले आफ्नै मानिससँग वार्ताबाट निकाल्नुपर्छ।'

आन्दोलनको कुनै प्रभाव नभएको नाकाबाट समेत नेपालमा सामान नपठाइएको सञ्चारकर्मी जिज्ञसा भने उनले ठाडै इन्कार गरे, 'हाम्रा ट्रक गइरहेका छन्।'

नेपाल–भारतका नौ नाकाबाट कार्गो ट्रक आवातजावत गर्छन्। उनले राजनीतिक दलबीच सुरु वार्ताले चाँडै समस्या समाधान गर्ने अपेक्षा पनि व्यक्त गरे।

आन्दोलनकै कारण भारतीय आयल कर्पोरेसनले पर्याप्त तेल दिन नसकेको पनि बताए। 'नाकामा भएको अवरोधका कारण आवश्यक परिमाणमा पेट्रोलियम पदार्थ दिन सकेको छैन। वीरगन्जमा भएको प्रदर्शनको कारण रेल कार्गो नराम्रोसँग प्रभावित बनेको छ,' स्वरुपले भने, 'वीरगन्ज टर्मिनलमा कार्गो लोड गर्न र बाहिर निकाल्नसमेत अप्ठेरो छ।'

भारतले अहिले समस्या समाधानका लागि कुनै भूमिका खेल्न नसक्ने बताउँदै उनले यस विषयमा आफ्नो स्ट्यान्ड स्पष्ट पारिसकेको बताए। 'स्ट्याड स्पष्ट पारिसकेका छौ। प्रधानमन्त्री दुईपटक नेपाल गइसक्नुभयो। दुवै समयमा उहाँले सबैको सहमतिमा संविधान निर्माण होस् भने। विदेशमन्त्रीले पनि यही दोहोर्या एकी थिइन्। भर्खरे विदेश सचिव गएका थिए, उनले पनि यही कुरा भनेका थिए। हामीले यो कुरा गलत भइरहेको छ भनेर ढिलो गरी बुझेका होइनौं। त्यसलाई रोक्न चाहेका हौं भन्ने पनि होइन,' उनले भने, 'देशमा पनि संविधान आउँदा त्यो खुसी र उमंगको विषय होस्, न कि हिंसा र प्रदर्शनको विषय नबनोस् भन्ने चाहन्नौं। नेपालका जे समस्या छ, पूरै राजनीतिक समस्या हो। जनसंख्याको एउटा समूह सिमान्तीकृत र बाहिर पारिएको सोचिरहेका छन्। जब संविधान संशोधन हुनेछ, त्यो गतिरोध हट्नेछ।'

भारतीय विदेश मन्त्रालयले नेपालमा भारत विरोध भावना बढ्नुमा नेताहरुले भारतमाथि लगाएको आरोप प्रमुख कारण भएको बताएको छ।

'नेपालमा भारतविरोधी भावना बढेको छ। यस विषयमा हाम्रो चासो छ। नेपाल एउटा समुदायले गरेको प्रदर्शनका कारण सामान जान सकेको छैन तर त्यसका लागि भारतलाई आरोपित गरिएको छ। त्यसैले अहिले भारतविरोधी भावना देखिएको छ। यसका लागि हामी जिम्मेवार छैनौं। हामी नेपालमा शान्ति र स्थायित्व चाहन्छौं। त्यति मात्रै हो,' उनले भने, 'नेपालसँग खुला सीमा भएका कारण पहिलो दिनदेखिको प्राथमिकता पनि त्यही हो। नेपालमा हुने कुनै पनि हिंसात्मक गतिविधिको भारततर्फ असर परिहाल्छ।'

नेपालमा जे समस्या देखिएको छ, त्यो नेपाली आफैंले सिर्जना गरेको आरोप लगाउँदै उनले 'आफ्नो घर ठिकठाकसँग राख्न भनेको' पनि सुनाए।

भारतले नेपालको संविधानमा संशोधन गर्नुपर्ने भनेर कुनै सूची नबुझाएको उनले दाबी गरे। 'नेपालको संविधान यस्तो बन्नुपर्छ भनेर कहिल्यै कुनै सूची दिएका छैनौं। हामीले नेपालमा कुनै सर्त राखेका छैनांै। नेपाल एउटा सार्वभौम, स्वतन्त्र देश हो। हामीले नेपालको संविधान निर्माण प्रक्रियामा कुनै हस्ताक्षेप गरेका छैनौं,' उनले भने, 'बहुमतीय रुपमा मात्रै होइन, नेपालमा बृहत आधारमा संविधान बनोस् भन्ने मात्रै हो।'

भारतीय विदेश मन्त्रालयले नेपालले आफ्नो आवश्यकताका सामग्री अन्य देशबाट पनि किन्न सक्ने बतायो। 'अन्य कुनै देशसँग लिन्छु भन्ने कुरा हो भने स्वागत छ। नेपाल स्वतन्त्र देश हो। आफ्नो छनोट हो,' स्वरुपले भने, 'नेपाल–भारतबीचको रोटीबेटीको जुन सम्बन्ध छ, त्यसलाई कुनै पनि देशले प्रतिस्थापन गर्न सक्दैन।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस