काठमाडौं- अब बन्ने सरकारमा कसलाई समर्थन गर्ने भन्ने विषयमा छलफल गर्न राप्रपा नेपालको केन्द्रीय समिति बैठक बसिरहेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई समर्थन गर्न आग्रह गरेको भोलिपल्टै राप्रपा नेपालले केन्द्रीय समिति बैठक डाकेको हो।
पार्टी कार्यालय धुम्बाराही जारी बैठकमा सरकारमा समर्थनका अलवा तराई-मधेसमा जारी आन्दोलन र भारतले गरेको नाकाबन्दीबारे पनि छलफल हुने पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपा नेपालको २५ जना सांसद छन्। नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको दाबी गरिरहेको बेला राप्रपा नेपालको मत महत्वपूर्ण हुने बताइएको छ।