काठमाडाैं-एकीकृत नेकपा माअोवादी अध्यक्ष पुष्पकमल दहालको प्रस्तावमा राप्रपा नेपाल अध्यक्ष कमल थापाको समर्थन पाएर नयाँ प्रधानमन्त्रीका लागि नेकपा एमाले अध्यक्ष केपी अोलीको उम्मेदवारी दर्ता भएको छ। एमाले अध्यक्ष अोलीलाइ प्रधानमन्त्रीमा समर्थन गर्ने यि दुइ दलले अाैपचारिक निर्णय गर्दै प्रस्तावक र समर्थक बनेका हुन्। शनिबार बिहान बसेको दुबै दलको बैठकले विगतमा भएको भद्र सहमति अनुसार अोलीलाइ नै समर्थन गर्न राजनीतिक इमान्दारिता ठहर्ने भन्दै सोही अनुसार गर्ने निर्णय गरेका थिए।
राप्रपा नेपालले राष्ट्रियता, प्रजातन्त्र, विकास र समृद्धिको मुद्दामा देशभक्त र प्रजातान्त्रिक शक्तिको बृहत्तर एकता कायम गरेर जानु पर्ने निश्कर्ष निकाल्दै प्रधानमन्त्रीमा अोलीलाइ समर्थन गर्ने निर्णय गरेको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। यो सँगै राप्रपा नेपालले सरकारमा सहभागी हुने निर्णय समेत गरेको श्रेष्ठले बताए।