काठमाडाैं- विजय कुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीमा नेपाली कांग्रेस सभापति सुशील कोइराला वा एमाले अध्यक्ष केपी अोलीमध्ये कसलाइ समर्थन गर्ने भन्ने निर्णय लिन राजधानीको सानेपास्थित पार्टी कार्यालयमा बैठक जारी छ। राजनीतिक समितिको बैठक सकिएपछि अाजै संसदीय दलको बैठक बस्ने बताइएको छ।
‘अाज बेलुकासम्म हाम्रो निर्णय अाउँछ,’ पार्टी श्रोतले नागरिकन्युजसँग भन्याे ‘अहिले कोइराला वा अोली कस्लाइ समर्थन गर्ने भन्ने अाधिकारिक निर्णय भएको छैन।’ सरकारमा जाने,नजाने भन्ने बारेमा पनि बैठकबाटै निर्णय हुने बताइएको छ।
फोरम लोकतान्त्रिकको संसदमा १४ सिट छ।
१२ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेता पर्शुराम खापुङले तीनदल मिलेर जानु पर्ने अाफूहरूको धारणा रहेको बताए। उनले भने ‘भोलि (अाइतबार) हाम्रो निर्णय हुन्छ।’ उनले एमालेबाट समर्थनको अाग्रहसहति अाैपचारिक पत्र अाएको तर कांग्रेसको कुनै अाग्रह नअाएको बताए।
कतिपय साना दलहरू सरकारमा सहभागी हुँदा अाफूले पाउने हैसियत हेरेर निर्णय लिने मनस्थितिमा देखिएका छन्।