काठमाडाैं-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा पुनः उम्मेदवारी दिने निर्णय घातक हुने बताएका छन्।
‘सभापतिज्यूसँग प्रधानमन्त्री जित्ने संख्या पनि छैन र एजेण्डा पनि छैन,’ थापाले नागरिकन्युजसँग भने ‘बहुसंख्यक केन्द्रीय समिति सदस्यको चाहना विपरित अचानक अाएको यो निर्णयले हामी स्तब्ध बनेका छाैं।’थापाले पार्टी अन्तैबाट परिचालित भएको अाशंका गर्नेलाई बल पुगेको बताए।
‘हामी हाम्रै पार्टीमा छाैं वा अरूको इशारामा चल्ने पार्टी भित्र छाैं अन्योल भयो,’ उनले भारतको इशारामा पार्टी नेतृत्व चलेको अारोप साँचो ठहर्ने गरी अाकस्मिक रूपमा सभापति पुनः प्रधानमन्त्री बन्ने निर्णय अाएको बताए। उनले संविधान संशाेधन गरेर मधेसका जायज चासोलाई सम्बोधन गर्नेलगायतका पार्टीका स्पष्ट एजेण्डा राखेर एमालेलाइ प्रधानमन्त्री बनाउन सघाउनु पर्ने अाफू लगायतका नेताले बैठकमा मत राखेको बताए।
‘सभापतिज्यूले हिजोसम्म प्रधानमन्त्री बन्ने चाहना खुलाउनु भएको थिएन,’ थापाले भने ‘सार्वजनिक रूपमै उहाँले पुनः प्रधानमन्त्री नबन्ने बताउँदै अाउनु भएको थियो,तर एकाएक वहाँ नै प्रधानमन्त्री बन्ने निर्णय कसरी भयो अच्चमै छ।’ थापाका अनुसार हिजोको बैठकमासमेत वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापती रामचन्द्र पाैडेल दुबैजना प्रधानमन्त्रीका अाकांक्षी थिए। ‘तर तीनजना नेता गोप्य बैठकमा बसेर सभापति नै उम्मेदवार बन्ने निर्णय के अाधारमा लिनुभयो हामीले थाह पाएनाैं।’ थापाले भद्र सहमति अनुसार पनि एमालेलाई प्रधानमन्त्रीमा सहयोग गर्नुपर्नेमा पार्टीमा धेरैको धारणा रहेको बताए।