काठमाडौं-नयाँ प्रधानमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जित्नेमा नेकपा एमाले ढुक्क देखिन्छ। संसदको तेस्रो ठूलो दल एकीकृत नेकपा माओवादी र चौथो ठूलो दल राप्रपा नेपालसहित दलहरुको समर्थनसहित शनिबार उम्मेदवारी दर्ता गरेका ओलीले निर्वाचित हुन आवश्यक मत सहजै पाउनेमा पार्टीपंक्ति निश्चिन्त छ।
उम्मेदवारी दर्ता गर्दा समर्थन जनाएका सांसद मात्रै जोगाउन सके पनि उनी मुलुकको ३८ औं प्रधानमन्त्री बन्ने पक्का रहेको नेताहरु बताउँछन्।
'हामीलाई ३ सय ३३ जना सभासदले समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँहरुको प्रतिबद्धतामा तलमाथि हुँदैन भन्नेमा हामी ढुक्क छौं,' एमाले सचिव प्रदीप ज्ञवालीले शनिबार बेलुका नागरिकसँग भने, 'अध्यक्ष ओलीलाई राजनीतिक मुद्दाका आधारमा समर्थन भएकाले जित्ने सुनिश्चित भएको हो।'
अध्यक्ष ओलीको उम्मेदवारीमा तेस्रो ठूलो दल एकीकृत माओवादीसहित १७ दल र एक स्वतन्त्र सांसदको समर्थन रहेको बताइएको छ।
'हामीलाई कतिले समर्थन गरेका छन् भन्ने जगजाहेर छ। उहाँहरुले बोलेको कुरा टिभीले देखाएका छन्,' एमालेका प्रमुख सचेतक अग्नि खरेलले नागरिकसँग भने, 'हामीले राजनीतिक दलका नेताले गरेका दस्तखतको विश्वास गर्नुपर्छ।'
सरकार गठनका लागि एमाले र एकीकृत माओवादीबीच शनिबारै १४ बुँदे सहमति भएको छ।
सचिव ज्ञवालीका अनुसार दलहरुबीच ओली प्रधानमन्त्री चयन गरेपछि मात्रै मन्त्रालय बाँडफाँट हुनेछ।
'अहिलेसम्म दलहरुबीच पदको बाँडफाँट भएको छैन। यो काम अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि मात्रै हुनेछ,' ज्ञवालीले भने, 'अहिले सरकार राष्ट्रिय एकता, सामाजिक सद्भाव र आर्थिक समृद्धि, पुनर्निर्माणको विषयमा केन्द्रित हुन सरकार गठन गर्न लागिएको हो।'
एमाले प्रमुख सचेतक खरेल भने कांग्रेस सभापति कोइराला अन्तिम समयसम्म प्रतिस्पर्धामा सम्भावना रहेको बताउँछन्। कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय ढिलो भएका कारण पनि उनी प्रतिस्पर्धामा पछि पर्ने बुझाइ एमालेको छ।
'सत्तामा कसरी पुग्ने भन्ने कांग्रेसलाई जुक्ति थाहा छ तर चलखेल गर्न पर्याप्त समय नभएका कारण कोइरालाले आवश्यक संख्या पुर्याउन सक्दैनन्,' एमालेका एक नेताले भने, 'पहिले एक जनालाई समर्थन गरिसकेपछि त्यसलाई तोडेर अघि बढ्न समस्या हुनेछ।'
पछिल्लो समय भारतसँग बढ्दै गएको दुरीले ओलीलाई प्रधानमन्त्री हुन अप्ठ्यारो पर्ने चर्चा एमालेभित्र पनि छ।
अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गरे पनि शक्ति बाँडफाँट विषयमा समेत छलफल सुरु नभएको बताइएको छ।
यसैबीच, राप्रपा नेपाल र एकीकृत नेकपा माओवादीले एमाले अध्यक्ष ओलीलाई भोट हाल्न ह्विप नै जारी गरेका छन् । ओली प्रधानमन्त्री बने अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपाल सरकारमा सहभागी हुनेछ।
'राप्रपा नेपाल सरकारमा सहभागी भए अध्यक्ष थापाकै नेतृत्वमा सरकारमा जानेछ,' राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले नागरिकसँग भने।