लोकन्त्रमा स्वभाविक रुपमा प्रतिस्पर्धा हुन्छ। कहिले कहीँ देशले प्रतिस्पर्धाभन्दा माथिको अवस्था माग गर्दछ। संविधान निर्माणको सिलसिलामा केही समहति, समझदारी भएका थिए।गत वर्ष संविधान सभाको निर्वाचनपछि सुशील कोइरालाको नेतृत्वको गठनको सन्दर्भमा र १६ बुँदे सहमति गर्दा केही समझदारीहरु भएका थिए। राजनीतिमा हाम्रा प्रतिबद्धताहरु, हाम्रा सहमतिहरु, हाम्रा कबुलहरुले अवश्य नै धेरै ठूलो महत्व राख्छन्। लोकतन्त्रमा त्यस्ता सहमतिहरुको अझ ठूलो महत्व हुन्छ। त्यतापट्टि म ध्यानाकर्षण गर्न चाहन्छु। मैले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएको छु। विभिन्न पार्टीहरुको सहमति, समर्थनमा मैले उम्मेदवारी दिएको छु। तर मलाई अलि कस्तो कस्तो लागेको छ। हाम्रो समर्थनमा नेपाली कांग्रेसले सरकार बनायो। गत वर्ष सरकार बन्दा प्रधानमन्त्रीको समर्थक म बसेको थिएँ।
म आफ्नो तर्फबाट र मेरो दलको तर्फबाट आग्रह गर्न चाहन्छु। हामी सहमतिका आधारमा अघि बढ्नुपर्छ। संविधानको प्रभावकारी कार्यान्वयनका लागि कतिपय नयाँ कानुनहरु निर्माण गर्नुपर्नेछ। देशमा विभिन्न समुदायका असन्तुष्टि र मागहरु अद्यावधि कायम छन्। अर्कातिर केही महिनाअघिको भूकम्पले नेपाललाई पूरै प्रभावित गरेको छ। असहज परिस्थितिमा पु¥याएको छ। त्यो मात्रै होइन हामीले हाम्रो गरिबी, बेरोजगारी हटाउनुछ। जनताका सम्वृद्धिका आकांक्षालाई सफलीभूत पार्नुछ। स्वच्छ पारदर्शी र प्रभावकारी सरकार चलाउनुछ। र हाम्रा प्राकृतिक स्रोतको उपयोग गरेर देशलाई विकास र सम्वृद्धिको बाटोमा अघि बढाउनुछ। द्योगका निम्ति आन्तरिक र बाह्य लगानीका लागि वातावरण बनाउनुछ। हाम्रा अर्कोतिर व्यापार वृद्धि गर्नुपर्नेछ। पर्यटन क्षेत्रलाई हामीले अघि बढाउनुपर्नेछ।
हामीलाई थाहा छ केही छिमेकसँगको सम्बन्धमा केही असमझदारीको नक्साहरु देखिएका छन्। आपूर्ति व्यवस्थामा असहज परिस्थिति हटाउनुपर्नेछ। छिमेकीसँगका असमझदारी हटाउन र यी सबै कुराहरुलाई समाधान गरेर अघि बढ्नुपर्ने अवस्था छ।
विभिन्न ठाउँमा सामाजिक सद्भाव खलबलिने खालका कुराहरु देखिएका छन्। यी सबै कामका निम्ति हामी सबै एकजुट भएर अघि बढ्नुपर्ने स्थिति छ।
विगतका पृष्ठभूमिहरु हामी सबैका अगाडि स्पष्ट छन्। नेकपा एमालेका तर्फबाट एकताका निम्ति गरिएका पहल र प्रस्तावबहरु, त्याग नभन्ने हो भने पनि योगदानहरु स्मरण गराउन चाहन्छु। उहाँलाई हाम्रो दलले समर्थन मात्र गरेन हरेक अप्ठ्यारा परिस्थितिमा हामीले कहिलै समर्थन कम गरेनौं। अहिलेसम्म उहाँ प्रधानमन्त्री भइरहनु भयो। मैले जानकारी पाएको छु उहाँले पनि प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिनुभएको छ। म उहाँलाई उम्मेदवारी फिर्ता लिएर मलाई समर्थन हार्दिक आग्रह गर्दछु। नेपाली कांग्रेस भित्रैका धेरै नेता र सांसदहरु मात्र होइन आज देशले सहमति र सहकार्य खोजेको छ। यो बुझिदिनु हुन म नेपाली कांग्रेसका सभापति सुशील कोइरालाज्यूलाई आग्रह गर्दछु।
यदि फिर्ता गर्नुभएन भने पनि उहाँहरुसँग सहमति गरेरै जाने मामिलामा कुनै कसर बाँकी राखिने छैन। अरु पार्टीहरु सबैसँग पनि मेरो उम्मेदवारीमा प्रस्ताव समर्थन गर्नुभएको छ। उहाँहरुलाई म धन्यवाद भन्न चाहन्छु।
मेरा बारेमा देशका विभिन्न भागमा भ्रम फिँजाइएको छ। मधेसविरोधी, थारुविरोधी विभिन्न कुराहरु। यी भ्रमहरुलाई म मेरो व्यवहारबाट समाप्त पार्नेछु। अहिले भ्रम छ केपी ओली आयो भने यस्तो हुनेछ त्यस्तो हुनेछ। मधेसका सबै जायज माग सम्बोधन गरिनेछ। त्यसको अगुवाई म गर्नेछु।
म फोटो टाँस्नका निम्ति, यतियौं प्रधानमन्त्री भएँ भनेर देखाउनका लागि मात्र प्रधानमन्त्रीका लागि अघि सरेको हैन। छिमेकीसँगको सम्बन्ध सुमधुर पारौं, नेपाल र नेपालीलाई सम्वृद्धिको दिशामा अघि बढाउ भन्ने मेरो सपना छ। नेपाली जनताका आकांक्षा कसरी सम्बोधन गर्ने, देशका विभिन्न भागमा माग राखिरहेकाहरुलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छिटै अर्को सम्बोधन गर्नेछु।
मलाई मत नदिनेलाई बाडुली लाग्नेछ
मलाई मतदान गर्ने माननीयहरुलाई पश्चताप गर्नुपर्ने स्थिति म बन्न दिनेछैन। मतदान जसले गर्नुहुन्न उहाँहरुलाई आजको दिन सम्झेर बाडुली लाग्नेछ।
(प्रधानमन्त्री उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको सम्बोधनको सम्पादित अंश)

छिमेकीसँग सम्बन्ध सुधार्नेछु

मधेस विरोधी भनेर भ्रम फिँजाइयो
मेरा बारेमा देशका विभिन्न भागमा भ्रम फिँजाइएको छ। मधेसविरोधी, थारुविरोधी विभिन्न कुराहरु। यी भ्रमहरुलाई म मेरो व्यवहारबाट समाप्त पार्नेछु। अहिले भ्रम छ केपी ओली आयो भने यस्तो हुनेछ त्यस्तो हुनेछ। मधेसका सबै जायज माग सम्बोधन गरिनेछ। त्यसको अगुवाई म गर्नेछु।
फाेटाे टाँस्न मात्र प्रधानमन्त्री हुन लागेकाे हैन