काठमाडौं–राप्रपा नेपालका अध्यक्ष एवं एमालेकातर्फबाट प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीका समर्थक कमल थापाले केपी ओली नेतृत्वमा गठन हुने सरकारले राष्ट्रियता र विकासको गतिलाई अगाडि बढाउन सक्ने भएकाले आफ्नो दलले समर्थन गरेको बताए।व्यवस्थापिका संसद बैठकमा थापाले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षा मुख्य विषय भएको भन्दै त्यसको रक्षा गर्न पनि ओली नेतृत्वको सरकार सफल हुने दाबी गरे। थापाले प्रमुख दलबीच ध्रुविकरण हुनु मुलुककालागि शुभ संकेत नभएको भन्दै थापाले मुलुकका राष्ट्रिय शक्तिबीचमा विभाजन आउँदा मुलुकले ठूलो मूल्य चुकाउनु परेको बताए। 'हाम्रो सथर्मन कसैको विरोधमा होइन,' उनले भने,' तुलनात्मक रुमपा राष्ट्रियताको रक्षा गर्न, मधेस आन्दोलन सम्वोधन गर्न र सीमामा देखिएको अवरोध हटाउन ओली नेतृत्वको सरकार सफल हुनेछ।'
अर्को समाचार
राष्ट्रियताको रक्षा गर्न ओली नेतृत्वको सरकार :थापा
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।
विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।
कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।
यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस

यो पनि पढौँ
ट्रेन्डिङ