काठमाडौं— संसद भवन नयाँ वानेश्वरमा अाइतबार अपरान्ह भएकाे प्रधानमन्त्री चुनाबमा एउटा राेचक घटना भएकाे छ। संसद भवनमा मत विभाजनको घन्टी बज्यो। पाँच मिनेट घन्टी बजाएपछि सभामुख सुवाषचन्द्र नेम्वाङले ढोका बन्द गर्न आदेश दिए।
त्यसबेला कांग्रेस सांसद प्रदीप गिरी बाहिरै परे। संसद भवन परिसर पुगेर पनि उनी बाहिरै थिए। घन्टी बजेको सुनेपछि उनी हतार हतार भित्र प्रवेश गर्न खोजे। मर्यादा पालकले उनलाई रोके। उनले प्रतिवाद गर्रदै भित्र जान दिन बारम्बार आग्रह गरे।
'समय सकिएकाले हजुर भित्र जान सक्नुहुन्न', मर्यादापालकले सांसद गिरीलाई सम्झाए।
मर्यादापालकले भित्र पस्न नमिल्ने बताएपछि उनी बाहिरै परे।
उनको दलका सभापति सुशील कोइराला प्रधानमन्त्री उम्मेदवार बने पनि गिरी मतदान गर्नबाट बञ्चित रहे। उनी बाहिर बसिरहँदा भित्रपट्टि प्रधानमन्त्री पदका लागि मतदान भइरह्यो।
मुलुकले ३८ अाैं प्रधानमन्त्री चयन हुँदा समयकाे ख्याल नगरेका कारण सांसद गरी मतदान गर्नबाट बञ्चित भएका हुन्।