ओलीसामु चुनौतीको चाङ
२४ असोज २०७२
•
९ मिनेट पाठ
ओलीसामु चुनौतीको चाङ
काठमाडौं-भारतको अघोषित नाकाबन्दी र तराई–मधेसमा जारी आन्दोलनबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली देशको ३८ औं प्रधानमन्त्री निर्वाचित भएका छन् ।

भूपरिवेष्टित मुलुकको तीनतिर घेरिएको छिमेकी देश भारतसँगको सम्बन्ध इतिहासकै न्यूनविन्दुमा पुगेको र संविधानप्रति असन्तुष्टि जनाउँदै विभिन्न समुदाय आन्दोलनमा होमिएको बेला ओलीको सिंहदरबारयात्रा तय भएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री ओलीका लागि पार्टीभित्रको एकता कायम राख्नु, एमालेले भन्ने गरेको 'उग्रवामपन्थी' (एकीकृत नेकपा माओवादी) र 'दक्षिणपन्थी' (राप्रपा नेपाल) सँगको गठबन्धन कायम राख्नु, मधेस, थारुलगायत आन्दोलनरत पक्षसँग सहमति कायम गर्नु, भारतसँग देखिएको समस्या समाधान गर्नु, भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेर अघि बढ्नुपर्ने चुनौती छ ।

त्यसैगरी राज्यबाट करिब–करिब बेवास्ताको सिकार बनेका भूकम्पपीडितको पुनस्र्थापना र बिग्रेका भौतिक संरचना पुनर्निर्माण सुरु गर्नुपर्ने चुनौती उनीसामु छ । नेपालको बढ्दो आर्थिक परनिर्भरतालाई सामना गर्न नयाँ आर्थिक कार्यक्रम ल्याउने जिम्मेवारी पनि उनकै काँधमा आएको छ । 'संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई साथै लिएर अघि बढ्नुपर्ने छ,' एमालेका उपमहासचिव घनश्याम भुसालले नागरिकसँग भने, 'परम्परागत चुनौती मात्रै नभएर अहिलेको सरकारका लागि प्रशस्त नयाँ चुनौतीसमेत थपिएका छन् ।'

संविधानप्रति असन्तुष्टि जनाउँदै तराई–मधेस करिब दुई महिनादेखि आन्दोलित छ भने त्यसलाई देखाउँदै भारतले अघोषित नाकाबन्दी लगाइरहेको छ । दुई सातादेखिको नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त छ ।

'जारी आन्दोलनका कतिपय माग सम्बोधन गर्न आवश्यक छ भने केही विषयमा सम्झाउनु जरुरी छ,' नेकपा मालेका महासचिव सिपी मैनालीले नागरिकसँग भने, 'ठूला राजनीतिक दल तराई जान नसक्दा घनघोर असमझदारी बढेको छ । माग सम्बोधन गर्नेभन्दा पनि सम्झाउनुपर्ने विषय कठिन छ ।'

मधेस आन्दोलनकारीको तारो बनेका ओलीका लागि अहिले उनको 'विवादित व्यक्तित्व' सबैभन्दा चुनौतीपूर्ण हुनेछ । 'मधेसमा ओलीको छवि समावेशीविरोधी, मधेशविरोधी नेताका रूपमा बनेको छ,' त्यसलाई कसरी समाप्त पार्नुहुन्छ त्यसैमा उहाँको सफलता निर्धारण गर्नेछ,' मधेस अधिकारकर्मी दीपेन्द्र झाले भने, 'ओलीको सफलता वा असफलता त्यो छवि कसरी हटाउन सक्नुहुन्छ, त्यसमै निर्धारण गर्नेछ ।'

प्रधानमन्त्री ओलीले यो विषय महसुससमेत गरेका छन् ।

'मेरो बारेमा देशका विभिन्न भागमा भ्रम फिँजाइएको छ, मधेसविरोधी, थारुविरोधी, जनजातिविरोधी भन्ने कुरा आएका छन्, यी भ्रमलाई म मेरो व्यवहारबाट समाप्त पार्नेछु,' प्रधानमन्त्रीमा उम्मेदवारी प्रस्तुत गर्दै ओलीले भने, 'अहिले भ्रम छ, केपी ओली आयो भने यस्तो हुनेछ, यस्तो हुनेछ । मधेसका सबै जायज माग सम्बोधन गरिनेछ । त्यसको अगुवाइ म गर्नेछु ।' आन्दोलनरत मधेसवादी दलले उठाउँदै आएको समग्र तराईमा दुई प्रदेश बनाउने मागको ओली चर्का विरोधी हुन् ।

ओलीका लागि संविधान निर्माणक्रममा देखिएको पार्टीभित्रको एकता कायम राख्नु चुनौतीपूर्ण हुनेछ । पार्टी अध्यक्ष भएपछि हुने नियुक्ति, सांसदको छनोट र मन्त्रीहरूको अदलाबदली गर्दा ओलीले अरुसँग खासै परामर्श र सहमतिमा नगरेको असन्तुष्टि निकै सुनिन्छ ।

नयाँ संविधान कार्यान्वयनका लागि संसदभित्रको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ लिएर अघि बढ्नु र वैचारिक रूपमा निकै फरक एकीकृत नेकपा माओवादीदेखि राप्रपा नेपालसम्मको गठबन्धनलाई टिकाइराख्नु ओलीका लागि चुनौतीपूर्ण हुने छैन ।

साढे दुई वर्षको समयावधिमा प्रादेशिक सभाको निर्वाचन नहुञ्जेलसम्म सरकारले सयभन्दा बढी कानुन संशोधन, प्रदेश सीमांकनको टुंगो, स्थानीय निकाय निर्वाचन, संविधानअनुसार संरचना निर्माण गर्नुपर्ने हुन्छ । त्यसमा एक तिहाइभन्दा बढी शक्ति भएको कांग्रेस लाई नजरअन्दाज गरेर अघि बढ्नसक्ने अवस्था रहँदैन । 'अहिले प्रतिपक्षमा कांग्रेस र मधेसवादी दलको सशक्त उपस्थिति छ,' झाले भने, 'कांग्रेस र मधेसवादीसँग संविधान कार्यान्वयनको चरणमा हुने सहकार्य पनि महŒवपूर्ण हुन आउनेछ ।'

भारतबाट नरुचाइएको भनिएका केपी शर्मा ओलीले नयाँ दिल्लीसँगको सम्बन्ध सुधार गर्न काम थालिहाल्नुपर्ने छ । ओलीसँग लामो समयदेखि राजनीति गरेका नेकपा मालेका महासचिव सिपी मैनाली नेपाल–भारत सम्बन्धको नयाँ परिभाषा खोज्नुपर्ने समय आएको बताउँछन् । 'नेपाली लाटा, सिधा मात्रै हुन् भन्ने २००७ सालको आँखाले हेर्ने पुरातन दृष्टिकोण छ, त्यसलाई परिवर्तन गराउने मौका हो यो,' महासचिव मैनालीले नागरिकसँग भने, 'नयाँ बन्ने प्रधानमन्त्रीले दह्रो र खरो रूपमा कुरा राख्ने हो भने त्यो सम्भव छ ।'

भारतको अघोषित नाकाबन्दीले नेपालको परनिर्भरतालाई उदांगो पारेको छ । भारतसँगको परनिर्भरता कम गर्नका लागि ओलीले विशेष कदम चाल्नु आवश्यक छ ।

'अहिले भारतले म्यानेज गर्न नसकेर ओलीलाई रोक्न सकेन होला तर दिल्ली पनि दाउ हेरेर बसेको छ,' झाले भने, 'भारतसँगको सम्बन्ध ओलीको कार्यकाल सफलताका लागि महŒवपूर्ण हुनेछ ।'

ओलीको स्वभावले पनि समस्या अगामी दिनमा चुनौतिको रूपमा आउन सक्छ ।

अन्य विषयलाई थाँती राखेर जसरी पनि संविधान निर्माण गर्नुपर्ने एकोहोरो अडान दोहो¥याएका कारण ओलीको लोकप्रियता निकै माथि पुगेको छ ।

आफूलाई मन लागेको विषयमा खरो कुरा गर्ने र नपरेकालाई व्यंग्यवाणले भित्तामा पु¥याउने उनको बानी 'विवादित' बन्ने गरेको छ । मन पराएकाले वाहावाही र नपराएकाले उनलाई निकै घृणा गर्छन् ।

'उखान टुक्काले उहाँलाई चिनाएको मात्रै होइन, अप्ठ्यारोमा समेत पार्ने गरेको छ,' ओलीलाई करिब आधा शताब्दीदेखि चिन्दै आएका एमाले नेता राधाकृष्ण मैनालीले भने ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस