यसरी आए गच्छदार ओली पक्षमा
२४ असोज २०७२
•
९ मिनेट पाठ
यसरी आए गच्छदार ओली पक्षमा
काठमाडौं-सीमांकनसहित समानुपातिक समावेशी सिद्धान्त र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोक्न नेकपा एमाले र एकीकृत नेकपा माओवादी मञ्जुर भएपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्रीका उम्मेदवार केपी शर्मा ओलीलाई मतदान गरेको छ ।

बानेश्वरस्थित व्यवस्थापिका संसदमा बसेको तीन दलको संयुक्त बैठकमा ८ बुँदामा सहमति जुटेको थियो । त्यसपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले अन्तिम समयमा ओलीलाई मतदान गरेको हो । आन्दोलनरत दलमध्ये सम्झौता गरेर मतदान गर्ने फोरम लोकतान्त्रिक एक्लो पार्टी पनि हो ।

'मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गर्न एमाले र एमाओवादी मञ्जुर भएपछि फोरम लोकतान्त्रिकले मतदान गर्ने निर्णयमा पुगेको हो,' एमाले उपाध्यक्ष भीम रावलले सञ्चारकर्मीसँग भने ।

गच्छदारले संविधान संशोधनमार्फत मुख्य तीन मुद्दालाई सम्बोधन गर्न एमाले र एमाओवादीसामु सर्त राखेका थिए जसलाई अन्तिम समयमा प्रधानमन्त्रीका उम्मेदवार ओली र प्रस्तावक पुष्पकमल दाहालले सहमति जनाए ।

'नेपालमा अन्तरिम संविधानअन्तर्गत अभ्यास गर्दै आएको समानुपातिक सिद्धान्तबमोजिम राजनीतिक तथा सार्वजनिक सेवामा सबै जनसमुदायको सहभागितामा कुनै अस्पष्टता नरहने गरी संविधान संशोधन गर्दा आवश्यक व्यवस्था गर्ने,' तीन दलबीचको सहमतिमा उल्लेख छ, 'तराई–मधेस, थारू, समुदाय, हिमाल, पहाडलगायत देशका विभिन्न भागमा प्रदेश सीमांकनको सन्दर्भमा देखिएका समस्यालाई राजनीतिक रूपमा लिँदै संविधान संशोधन गर्दा सहमतिको आधारमा गर्ने ।'

हाल कायम जिल्लाको भौगलिक क्षेत्रमा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने व्यवस्था गर्ने पनि सहमतिमा उल्लेख छ ।

यस्तै, घाइतेको उपचारसहित राहत र मृतक परिवारलाई तुरुन्तै राहत उपलब्ध गराउने, पक्राउ परेकालाई रिहा गर्ने तथा मुद्दा खारेज गर्नेसहित आन्दोलनमा क्षतिग्रस्त भएका सर्वसाधारणको घर र सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउने पनि ८ बुँदे सहमतिमा उल्लेख छ ।

संविधान निर्माणको कोसेढुंगा १६ बुँदे सहमतिकर्ता दलबीच एकता हुनुपर्नेमा गच्छदार पहिलेदेखि नै प्रस्ट रूपमा उभिँदै आएका थिए । संविधान निर्माण भएपछि पनि गच्छदार 'भद्र सहमति' अनुसार ओलीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणामा प्रस्ट थिए । सोहीअनुसार संविधान निर्माणमा असहमति जनाउँदै प्रक्रियाबाट बाहिरिए पनि कार्यान्वयनमा भने साथ दिने बचन गच्छदारले ओली र दाहालसमक्ष दिँदै आएका थिए । त्यसका बारेमा पटक–पटक भेटघाट पनि भइरहेको थियो ।

जब भद्र सहमति तोड्दै कोइरालाले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा आफूलाई अघि सारे । त्यसपछि गच्छदार अन्योलमा परेका थिए । लगत्तै उनले आफू नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चाआबद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी र फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवसँग सल्लाह मागे । तर, उनीहरूले कोइरालाको पक्षमा मतदान गर्नुपर्नेमा जोड गरे । गच्छदार निवासमा भएको सो बैठकमा तीनै अध्यक्षले कोइरालाको पक्षमा मतदान गर्ने अनौपचारिक निर्णयसमेत गरे ।

'त्यसअघि गच्छदारले ओलीलाई मत दिनुपर्छ भनेर सहयात्री दलसँग मतसमेत मागेका थिए, तर शनिबार दिउँसो कोइरालालाई मतदान गर्ने पक्षमा उभिए,' स्रोतले भन्यो ।

छिमकी मुलुक भारतको दबाब र आफ्नै पार्टी भित्रबाट विभाजनको धम्कीसमेत पाएका उनले अन्य दुई नेतासमक्ष दुखेसो पोख्दै कोइरालालाई मतदान गर्ने संकेतसमेत गरे । र, आइतबार बिहान औपचारिक निर्णय नै गरेर कोइरालालाई मतदान गर्ने भन्दै तीनै नेता उठे ।

ओलीको पक्षमा खुल्दै आएका गच्छदारले त्यसअघि थरुहट पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहटसँग भोट नमागेका भने होइनन्, तर त्यसमा अन्य दलले असहमति जनाउँदै आएका थिए ।

'गच्छदारजीले ओलीलाई मतदान गर्न मलाई आग्रह गर्नुभएको थियो, मैले उहाँको प्रस्तावलाई स्वीकार गरिनँ,' थरुहट मञ्चकी सभासद रुक्मिणी चौधरीले नागरिकसँग भनिन् । तर, गच्छदारको सो प्रस्तावलाई अन्य दलले भने स्वीकार गरिरहेका थिएनन् ।

शनिबार साँझ गच्छदार उपाध्यक्ष जितेन्द्र देव र महासचिव रामजनम चौधरीलाई लिएर लाजिम्पाटस्थित दाहाल निवास पुगेका थिए जहाँ फोरम लोकतान्त्रिका तीन र एमाओवादीका दाहालसहित सचिव वर्षमान पुनबीच डेढ घन्टा लामो छलफल भयो ।

'१६ बँुदेको भद्र सहमति कार्यान्वयन गराउन र नयाँ संविधानको स्वामित्व लिन तयार छांै, तर हाम्रा केही मागलाई संविधान संशोधनमार्फत सम्बोधन गराउन तयार हुनुपर्छ' भनेर दाहालसमक्ष गच्छदारले प्रस्ताव गरे । दाहालले त्यसमा असहमति जनाउने कुरा थिएन, आफू सहमत भएको सोही बैठकमा जनाइहाले ।

गच्छदारले छिमेकी मुलुक भारतले पार्टी विभाजन गराउन खोजेको तथा दाहालले बाबुराम भट्टराईलाई बाहिर निकालेर दुःख दिएकोसम्म गुनासो साटफेर गर्न भ्याए । त्यसपछि गच्छदारको टोलीले ओलीसँग शनिबार राति गोप्य स्थानमा भेटघाट गर्यो । गच्छदारका मागमा ओली पनि सहमत भए ।

'आइतबार बिहान ९ बजे औपचारिक रूपमा सहमति गर्ने र गच्छदारले ओलीलाई मतदान गर्ने घोषणा गर्ने,' तीन नेताले सहमति गरे ।

सोहीअनुरूप नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवनमै तीन नेताबीच बैठक बस्यो । पूर्वसहमतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफलसहित नयाँ सरकारमा गच्छदारको उपस्थिति बलियो बनाउने भद्र सहमतिसमेत गरियो । जसअनुसार गच्छदारलाई भौतिक योजना तथा निर्माण मन्त्रालय तत्काल दिने र बाँकी मन्त्रालय आपसी छलफल गरी टुंग्याउने निर्णयसमेत भयो । लगत्तै, ८ बुँदे सहमति गरी गच्छदार अन्तिम अवस्थामा ओलीको पक्षमा मतदान गर्न राजी भए । उपाध्यक्ष देव र महासचिव चौधरीले गच्छदारलाई दह्रो साथ दिएकाले गच्छदार आफ्नो एजेन्डा पास गराउन पार्टीमा सफल भए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस