काठमाडौं- राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको शव आज काठमाडौं ल्याइँदैछ। गत असोज १६ गते उपचारका क्रममा अमेरिकामा निधन भएको दस दिनपछि उनको शव काठमाडौं ल्याइँदैछ। विमानस्थलबाट उनको शव सिधै धुम्बाराहीस्थित पार्टी कार्यालय पुर्यानइने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार श्रदाञ्जलीका लागि २ देखि ५ बजेसम्म गुरुङको शव पार्टी कार्यालयमा राखिने र त्यसपश्चात अन्तिम संस्कार गरिनेछ।
पेङक्रियाजको क्यान्सरले थलिएपछि गुरुङलाई दिल्ली हुँदै थप उपचारका लागि अमेरिका लगिएको थियो। उनको अमेरिकाका कोलोराडो अस्पतालमा ६१ वर्षको उमेरमा निधन भएको हो। २०१२ सालमा स्याङ्जाको पञ्चमुल सिरुवारीमा जन्मेका गुरुङ पञ्चायतकालमै अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र नेपाल युवा संगठनको सभापति बनेका थिए।
राप्रपा स्थापना हुँदा त्यसको केन्द्रीय सदस्य रहेका गुरुङ राप्रपा नेपालकेा महामन्त्री बने। पहिलो संविधानसभामा राप्रपा नेपालको संसदीय दलका नेता रहेका गुरुङ दोस्रो संविधानसभा निर्वाचन भने स्याङजा-१ बाट पराजित भएका थिए। गुरुङका एक श्रीमति, छोरा र छोरी छन्।