राष्ट्रपति एमालेले आफैं राख्‍ने
२६ असोज २०७२
•
७ मिनेट पाठ
राष्ट्रपति एमालेले आफैं राख्‍ने
काठमाडौं- सरकार नेतृत्व दल नेकपा एमालेले राष्ट्रपति पद आफैंसँग राख्ने भएको छ। सत्ता साझेदार तीन दलबीच मंगलबार एमालेलाई राष्ट्रपति, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई उपराष्ट्रपति, एकीकृत नेकपा माओवादीलाई सभामुख र राप्रपा नेपाललाई उपसभामुख पद बाँड्ने सहमति जुटेको हो। उनीहरुले सोहीअनुसार निर्वाचनमा उम्मेदवारी दिने पनि सहमति भएको छ।




बैठकमा एमाले र एमाओवादीले ७–७ वटा मन्त्रालय बाँडफाँट गर्ने सहमति पनि भएको छ। स्रोतअनुसार एमालेको भागमा रक्षा, अर्थ, सहरी विकास र शिक्षा मन्त्रालय परेको छ। पर्यटन, ऊर्जा र स्वास्थ्य मन्त्रालयमध्ये एउटा पनि एमालेले पाउनेछ। एमालेका तर्फबाट सोमप्रसाद पाण्डेले उद्योग र अग्नि खरेलले कानुन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

एमाओवादीले उपप्रधानमन्त्रीसँगै गृह, वन, सामान्य प्रशासन, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गर्नेछ। त्यसैगरी स्वास्थ्य, ऊर्जा, स्थानीय विकास, पर्यटन मन्त्रालयमध्येबाट २ मन्त्रालय पनि एमाओवादीले पाउनेछ। एमालेका सत्यनारायण मण्डल विनाविभागीय मन्त्री बनेका छन्। एमाओवादीका हरिबोल गजुरेलले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले स्थानीय विकास मन्त्रालय राप्रपा नेपाललाई दिन सहमति भइसकेको जानकारी दिए।

भागबन्डा मिलाउन मंगलबार बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसहितका नेताबीच छलफल भएको थियो। अर्को सत्ता साझेदार दल राप्रपा नेपालका अध्यक्ष कमल थापा भने पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङको अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले बैठकमा अनुपस्थित थिए।

प्रधानमन्त्री ओलीले अमेरिकी राजदूत एलाइना टेप्लिजलाई भेट्न समय दिएकाले तीन दलको बिहानको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। 'दलहरूबीच अझै केही विषयमा निर्णयमा पुग्न बाँकी छ,' एमाले उपमहासचिव विष्णु पौडेलले नागरिकसँग भने, 'मन्त्रिपरिषद विस्तारका लागि अझै केही दिन लाग्छ।'

स्रोतअनुसार एमालेले राष्ट्रपतिमा उपाध्यक्ष विद्या भण्डारी वा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पठाउने सम्भावना छ। एमाले र एमाओवादीबीच मंगलबार दिउँसो भएको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति एमालेलाई लिन प्रस्ताव गरेका थिए।

'एमाओवादी अध्यक्ष प्रचण्ड (दाहाल) ले नै एमालेलाई राष्ट्रपति राख्न प्रस्ताव गर्नुभएको थियो,' एमाले स्रोतले भन्यो, 'उहाँले राष्ट्रपतिमा विद्या भण्डारीको नाम पनि प्रस्ताव गर्नुभयो।'

साँझ प्रधानमन्त्री ओलीको निजी निवास बालकोटमा एमाले नेताहरूको बैठक बसेको थियो। प्रधानमन्त्री ओली, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्षहरू वामदेव गौतम, विद्या भण्डारी, भीम रावल, महासचिव ईश्वर पोखरेल बैठकमा थिए।

बैठकमा राष्ट्रपति उम्मेदवारका रूपमा वरिष्ठ नेता खनाल र उपाध्यक्ष भण्डारीको नाममा छलफल भएको थियो। बैठकमा उपाध्यक्ष रावलले वरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका थिए।

'मधेसबाट राष्ट्रपति बनाउन सके राम्रो हुने विषयमा समेत छलफल भएको थियो,' बैठकमा संलग्न एक नेताले भने, 'तर, कुनै ठोस निर्णय नभई बैठक टुंगियो।'

बैठकमा नेता नेपालले पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए। 'पछिल्लो समय पण्डितले मन्त्रिपरिषदमा राम्रो काम गरेर लोकप्रिय बनेका छन्,' एक एमाले नेताले भने, 'अहिलेको अवस्थामा मधेसीमूलको व्यक्तिलाई राष्ट्रपति बनाउँदा राम्रो सन्देश दिनेछ।'

नेता नेपालले एमालेको भागमा उपराष्ट्रपति पद परे युवा नेत्री शान्ता चौधरीलाई बनाउनुपर्ने प्रस्ताव गरेका थिए।

एमाओवादीबाट महासचिव कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने करिब निश्चित भएको स्रोतले जनाएको छ। यही विषयमा निर्णय गर्न बुधबार बिहान एमाओवादीले स्थायी समिति बैठक बोलाएको छ।

प्रधानमन्त्री ओलीले सोमबार ९ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। त्यसमा मधेस समता पार्टीका मेघराज नेपाली एक जना विनाविभागीय राज्यमन्त्री रहेका छन्।

राप्रपा नेपालबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा अध्यक्ष कमल थापा र विनाविभागीय मन्त्रीमा रामकुमार सुब्बाले शपथ लिएका छन्। फोरम लोकतान्त्रिकबाट पार्टी अध्यक्ष गच्छदारले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी लिएका छन्।

पत्रकार प्रमोद दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार नियुक्त हुने भएका छन्। रेडियो नेपालमा कार्यरत दाहाललाई अब बस्ने मन्त्रिपरिषदको बैठकले सल्लाहकारमा नियुक्त गर्ने एमालेनिकट स्रोतले जनाएको छ। शंकर पोखरेल सञ्चारमन्त्री हुँदा दाहाल उनका प्रेस सल्लाहकार थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस