काठमाडौं— व्यवस्थापिका संसदको सभामुख तथा उपसभामुख सहमतीय आधारमा चयन गर्न भोलि बिहीबार ३ बजेसम्मको समय दिइएको छ। सहमतिबाट दुवै पद चयन हुन नसके नयाँ सभामुख तथा उपसभामुख चयन गर्न शुक्रबार संसदमा चुनाब हुनेछ।
सभामुख र उपसभामुख निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गर्ने जिम्मा संसद सचिवालयका महासचिब मनोहरप्रसाद भट्टराईले पाएका छन्।
सभामुख सुवाषचन्द्र नेम्वाङ र उपसभामुख ओन्सारी घर्तीले राजीनामा दिएपछि संसदका ज्येष्ठ सदस्य नेपा राष्ट्रिय पार्टीका लक्ष्मण राजवंशीले बैठक सञ्चालन गरेका थिए।