काठमाडौं-एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सत्तारूढ दलका नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन भएको छ।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंह दरबारमा बसेको सरकारलाई समर्थन गर्ने दलहरुको बैठकले दाहालको नेतृत्वमा समिति गठन गरेको हो। समितिमा एमाले बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल उपाध्यक्ष विद्या भण्डारी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छेदार, राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी र राप्रपा अध्यक्ष, नेकपा संयुक्तका गणेश साह, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे सदस्य रहेका छन्।
समितिको पहिलो बैठक बिहीबार सिंह दरबारमा बसेको थियो। बैठकले अान्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाइ अान्दोलनको स्वरूप परिवर्त गर्न र नाकाबन्दी र ढुवानी सहज गर्न सहयोगी बन्न अाग्रह गर्ने निर्णय गरेको समिति संयोजक दाहालले बताए। बैठकले इन्धन अापूर्ती सहज गर्न अाग्रह गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन र चयनका बिषयमा छलफल गर्न समितिको बैठक दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने दाहालले जानकारी दिए। समितिले सरकारका काम कारवाहीमा सल्लाह, सुझाव दिने र सत्ता समिकरणमा देखिएका समस्या समाधानका लागि भूमिका खेल्ने बताइएको छ।