भारतले फेरि इन्धन घटायो
२८ असोज २०७२
•
३ मिनेट पाठ
भारतले फेरि इन्धन घटायो
झापा–नेपाली बजारमा हाहाकार कायमै रहेका बेला भारतीय आयल कर्पोरेशन (आइओसी) ले फेरि खटाई–खटाई इन्धन दिन थालेको छ । अघिल्लो दिन ६ वटा ट्यांकरमा इन्धन भरिदिएको सिलिगुढीस्थित डिपोले बिहीबार १० वटामा लोड दिएको छ।सिलिगुढी डिपोमा कम्तीमा अरु २२ नेपाली ट्यांकर तेल पर्खेर बसेका छन् । तर, बिना कारण आइओसीले झुलाएर राखेको छ। 'आइओसीले तेल भर्न बोलाए पछि ट्यांकर पठाइएको हो', मेची उपाध्यक्ष पेट्रोलियम डिलर्स एशोसिएशनका नविन कोइरालाले भने, 'तर, गएका गाडीमध्ये १० वटामा मात्रै भरिदिएको छ ।'




भारतीय पक्षको यस्तो व्यवहारप्रति नेपाली प्रशासन आक्रोशित बनेको छ । बिहीबार ६ वटा डिजेल र ३ वटा पेट्रोलको ट्यांकर र एउटा हवाई इन्धनको बुलेटमा आइओसीले लोड दिएको छ । नाकाबन्दीको दुई सातापछि केही दिन दैनिक दर्जनौं ट्यांकर इन्धन पठाउन थालेको भारतले बुधबारदेखि नेपाली पक्षले मागे जति इन्धन दिन फेरि आनाकानी सुरु गरेको हो। बिहीबार पनि यसले निरन्तरता पाएको छ ।

नाकाबन्दीको बेला जस्तै इन्धन पठाउन इन्कार गरिरहेको भारतले अन्य साधन चाहिँ बेरोकटोक पठाइरहेको छ । बिहीबार साँझसम्ममा अन्य सामान बोकेका १ सय ३० वटा भन्दा बढी साधन काँकडभिट्टा नाकामा भित्रिसकेको मेची भन्सार कार्यालयले जनाएको छ । 'अन्य सामान बोक्ने साधन आइरहेका छन्', काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने 'तर, इन्धनका साधन ज्यादै कम भएका छन् ।'

भारतीय पक्षले इन्धन कम्ती दिन थालेपछि सीमावर्ती क्षेत्रमा कोटा तोकेर तेल बाँड्ने तयारीमा नेपाल आयल निगम लागेको छ । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार भएको बैठकपछि निगमले यस्तो तयारी थालेको हो । 'यही पारा हो भने तेलको हाहाकार जारी नै रहन्छ', बैठकमा सहभागी प्रशासनका एक अधिकारीले भने 'अब कोटा तोक्नुको विकल्प छैन।'

पेट्रोलियम व्यवसायीका अनुसार तत्काललाई लामो दुरीका यात्रु बसलाई प्राथमिकता दिएर अब तेल वितरण हुनेछ । 'चाडपर्वमा घर आउनलाई राजधानी लगायत धेरैतिर मानछे पर्खेर बसेका छन्', पेट्रोलियम डिलर्स एशोसिएशनका उपाध्यक्ष कोइरालाले भने 'त्यसैले लामो दुरीका साधनलाई प्राथमिकता दिएर वितरण गर्ने कुरा भएको छ ।' उनका अनुसार सीमा क्षेत्रमा अधिकांश लामो दुरीका साधन अलपत्र परेर बसेका छन् ।
अर्को समाचार
भारतले पेट्रोलियम पदार्थको निर्यात शुल्क घटायो
१७ जेष्ठ २०८३
•
१ मिनेट पाठ
भारतले पेट्रोलियम पदार्थको निर्यात शुल्क घटायो
भारत सरकारले जुन १ (सोमबार) देखि लागू हुने गरी आगामी १५ दिनका लागि पेट्रोल, डिजेल र उड्डयन टर्बाइन इन्धन (एटीएफ) को निर्यात शुल्क (एक्सपोर्ट ड्युटी) घटाउने निर्णय गरेको छ।




भारतको अर्थ मन्त्रालयअन्तर्गतको प्रेस सूचना ब्युरो (पीआईबी) ले शनिबार राति जारी गरेको विज्ञप्तिअनुसार नयाँ दरहरू आगामी १५ दिनसम्म कायम रहने छन्। नयाँ निर्धारण गरिएको दरअनुसार पेट्रोलको निर्यातमा प्रतिलिटर १.५ भारतीय रुपैयाँ, डिजेलको निर्यातमा प्रतिलिटर १३.५ भारतीय रुपैयाँ र एटीएफको निर्यातमा प्रतिलिटर ९.५ भारतीय रुपैयाँ शुल्क तोकिएको छ।

पश्चिम एसियाली संकट (इरान युद्ध) का कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै भारतले गत मार्च २७ देखि पेट्रोलियम पदार्थको निर्यातलाई निरुत्साहित गर्न र घरेलु बजारमा उपलब्धता सुनिश्चित गर्न विशेष अतिरिक्त उत्पादन शुल्क (एसएईडी) तथा सडक एवं पूर्वाधार उपकर (आरआईसी) मार्फत निर्यात शुल्क लागू गरेको थियो।

जानकारी अनुसार कच्चा तेल, पेट्रोल, डिजेल र एटीएफको औसत अन्तर्राष्ट्रिय मूल्यको समीक्षा गर्दै प्रत्येक १५ दिनमा यस्तो निर्यात शुल्क परिमार्जन गर्ने गरिएको छ। यसअघि गत मे १६ मा यसको समीक्षा गरिएको थियो।

निर्यात शुल्कमा कटौती गरिए पनि भारतले आफ्नै देशको घरेलु खपतका लागि स्वीकृत गरिएको पेट्रोल र डिजेलमा लाग्दै आएको विद्यमान अन्तःशुल्क दरमा भने कुनै परिवर्तन नगरेको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

यसले मुख्य रूपमा निर्यातकर्ता र रिफाइनरी कम्पनीहरूलाई फाइदा पुग्ने भए पनि भारतीय बजारमा पेट्रोल र डिजेलको खुद्रा मूल्यमा तत्काल कुनै कमी आउने सम्भावना छैन ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस