जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजन मेहता विजयी भएका छन्।
सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस इनरुवा नगर सभापति समेत रहेका मेहता विजयी भएका हुन्। मेहता इनरुवा नगरपालिकाको निवर्तमान मेयर समेत हुन्। मेयरमा टिकट नपाएपछि उनी वडा नं. २ बाट वडासदस्य निर्वाचित भएका थिए।
जिल्लामा कुल २४ मतदातामध्ये मेहताले १४ मत प्राप्त गरे। यहाँका स्थानीय तहमध्ये काँग्रेसले प्रमुख र उपप्रमुख गरि १३ जनाले जितेका थिए भने धरान उपमहानगरपालिकामा उपप्रमुख माओवादी केन्द्रले जितेको थियो।
एमालेबाट उम्मेदवार रहेका जगनारायण मेहताले १० मत प्राप्त गरे। यस्तै, सह–संयोजकमा कांग्रेसकै कमला खतिवडा निर्वाचित भइन्। यस्तै, खतिवडा इनरुवा १ बाट वडा सदस्यमै निर्वाचित भएकी थिइन्। निर्वाचनको मतगणना सकिएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गरिसक्नुपर्ने र त्यसपछि जिल्ला समन्वय समितिको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। जिससको संयोजक चुन्नका लागि पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्षले मत हाल्न पाउने व्यवस्था छ।
समन्वय समितिमा दलित महिला सदस्य तर्फ कुमारी विश्वकर्मा निर्वाचित भएकी छिन। मत परिणाम अनुसार संयोजक, सहसंयोजक र दलित महिला सदस्य तीनैजना उम्मेदवारले समान १४–१४ मत ल्याएका छन्। पद मध्ये गठबन्धनबाट एकल उम्मेदवारी परेका कारण सदस्य तर्फका अन्य ६ जना भने यस अघिनै निर्विरोध निर्वाचित भएका थिए।
सदस्य तर्फ निर्विरोध हुनेहरुमा टङकप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारी देवी चौधरी र भुपेन्द्र उराँव छन्।