काठमाडौं- सत्तारुढ प्रमुख दलमा आन्तरिक खिचलो बढ्दा मन्त्रिपरिषदले पूर्णता पाउन समय लाग्ने देखिएको छ। केही शक्तिशाली मन्त्रालय भागबन्डा मिले पनि दलहरुबीच अन्य मन्त्रालयको जिम्मेवारी बाँडफाँट अझै टुंगो लागेको छैन।
एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेतालाई अन्य राजनीतिक दलसँग छलफल गरेर अन्तिम निर्णय लिने जिम्मेवारी दिए पनि छलफलले अन्तिम रुप लिन सकेको छैन।
'कुन मन्त्रालय कुन दललाई भन्नेमा दलहरुबीच कुनै समस्या छैन,' अन्तरपार्टी वार्तामा संलग्न एमाले उपमहासचिव विष्णु पौडेलले भने, 'मन्त्रिपरिषद विस्तारको ठ्याक्कै मिति भन्न सकिँदैन तर चाँडै हुन्छ।'
सरकार नेतृत्व दल एमालेले अर्थ मन्त्रालयसहित नौ, एकीकृत नेकपा माओवादीले उपप्रधान तथा गृह मन्त्रालयसहित ८, राप्रपा नेपालले उपप्रधान तथा परराष्ट्रसहित तीन, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले उपप्रधान तथा भौतिक पूर्वाधारसहित तीन मन्त्रालय पाउने मोटामोटी सहमति छ।
त्यसैगरी, नेकपा माले, राप्रपाले पनि मन्त्रिपरिषदमा भाग पाउनेछन्।
यसैबीच, बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको प्रमुख सत्तारुढ दल एमालेको स्थायी कमिटी बैठकमा मन्त्रीहरुको छनोट गर्दा मापदण्ड बनाउनुपर्ने धारणा आएको छ।
बैठकमा विगतमा संस्थागत निर्णय नभई नेताहरुले मन्त्रीहरुको छनोट गर्दा त्यसले राम्रो नगरेको भन्दै मापदण्ड बनाएर जानुपर्नेमा सदस्यले जोड दिएका थिए।
बैठकमा सात प्रदेशबाट कम्तीमा १–१ सभासदलाई मन्त्री बनाउनुपर्ने, त्यसैगरी जातीय, लंैगिकसहित समावेशी, राजनीतिक योगदान, विषयगत दक्षताजस्ता कुरामा ध्यान दिनुपर्ने धारणा आएको छ।
बैठकमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहरा, सल्लाहकार परिषद अध्यक्ष केशव बडाल बोलेका थिए।
'राजनीतिक इतिहासलाई समेत ध्यान दिनुपर्छ भन्ने विषय आएका छन्,' उपमहासचिव भुसालले भने, 'अध्यक्ष संसदमा सम्बोधन गर्न जानुपर्ने भएकाले समय अभाव भएर बैठकमा ठोस निर्णय भएको छैन।'
अर्थमा भिडन्त
एमालेले पाउने अर्थ मन्त्रालयमा उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको दाबी छ। प्रधानमन्त्रीपछि दोस्रो नेताका रुपमा सरकारमा को सहभागी हुने भन्नेमा पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव पौडेलबीच प्रतिस्पर्धा छ।
'उपमहासचिव पौडेल र उपाध्यक्ष रावललाई मन्त्री बन्न कुनै समस्या छैन,' एक नेताले भने, 'उपप्रधानमन्त्रीसहित को जाने भन्ने विषयमा भने प्रतिस्पर्धा देखिन्छ।'
रावल मन्त्रिपरिषद गए एमालेका तर्फबाट दोस्रो मर्यादाक्रममा रहनेछन्।
पछिल्लो समय पौडेलको सट्टा उपाध्यक्ष रावललाई अर्थमन्त्रीसहित उपप्रधानमन्त्री बनाउनेबारे समेत छलफल भएको छ। 'पौडेललाई अर्को महŒवपूर्ण मन्त्रालय दिएर रावललाई अर्थमै लैजाने भन्ने कुरा आएको छ,' एक नेताले नागरिकसँग भने। बिहीबारको स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद दुई चरणमा विस्तार गर्ने तयारीबारे पनि छलफल भएको थियो।
'पहिलो चरण एक/दुई दिनभित्रै, दोस्रो चरण दसैंपछि हुने सम्भावना छ,' एमालेका एक नेताले भने, 'प्रधानमन्त्री भने ढिलो हुँदा नकारात्मक सन्देश जाने भएकाले चाँडै पूर्णता दिने पक्षमा छन्।'
एमालेबाट मन्त्री बन्ने सम्भावित सूचीमा पशुपति चौलागाई, शेरधन राई, शेरबहादुर तामाङ, प्रकाश ज्वाला, रविन्द्र अधिकारी, भानुभक्त ढकाल, विनोद श्रेष्ठलगायत छन्।
राई, ज्वाला र अधिकारी संसदीय समितिका सभापति हुन्।
पूर्वी तराईबाट सत्यनारायण मण्डल मन्त्री भइसकेकाले पश्चिम तराईबाट बैजनाथ चौधरीको दाबी सशक्त छ।
'अहिलेसम्मको अवस्थामा चौधरीलाई रोक्ने भन्ने विषय लुम्बिनीबाट धेरै मन्त्री होलान् भनेर मात्रै हो,' ती नेताको धारणा थियो। उद्योगमन्त्री सोमप्रसाद पाण्डे पाल्पाका हुन् भने मन्त्री हुने निश्चित भइसकेका पौडेल रुपन्देहीका।
ओलीले पहिलो चरणमै उदयपुरकी मञ्जु चौधरीलाई राज्यमन्त्रीको रुपमा शपथ गराउन चाहेका थिए। नेता माधवकुमार नेपालले श्रीमाया थकालीको नाम अघि सारेपछि ठोस निर्णयमा पुग्न सकेका थिएनन्। दुवैको सम्भावना बढी छ।
प्रधानमन्त्री ओली उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मन्त्री बनाउन सकारात्मक छन्। शाक्य यसअघि पनि मन्त्री बनिसकेकी छन्।
त्यसैगरी, मधेसबाट पनि थप मन्त्री बनाउन नेतृत्वलाई दबाब छ। मधेसबाट शत्रुधन महतो, रामचन्द्र यादव र नागेन्द्र चौधरीको नाममा छलफल चलेको छ।
दलितबाट राज्यमन्त्रीका रुपमा भागवत विश्वास, रामदयाल मण्डलको चर्चा छ। 'तराईको दलित भएका कारण मण्डल प्रतिस्पर्धामा अघि छन्,' ती नेताले भने। दलितबाट मन्त्री बनाइने भएमा दलबहादुर सुनार सम्भावित हुन्।
रावल मन्त्री नबन्ने अवस्थामा सुदूरपश्चिमबाट मोहनसिंह राठौरको सम्भावना छ।
दार्चुलाका सांसद गणेश ठगुन्नासमेत मन्त्री बन्ने कोसिसमा छन्। त्यसैगरी डोटीका प्रेम आले र बैतडीका दामोदर भण्डारीको नाम पनि राज्यमन्त्रीमा चर्चा छ।
'एकीकृत माओवादीसहित अन्य सत्ता साझेदार दलसँग कुन–कुन मन्त्रालय लिने भनेर अन्तिम चरणको छलफल सकिएको छैन,' एक एमाले नेताले भने, 'मन्त्रालय बाँडफाँटपछि नाम टंुगिनेछ।'
एमालेले केन्द्रीय सदस्यभन्दा मुनिकालाई सरकारमा सहभागी गराउनुपरे राज्यमन्त्री मात्रै बनाउनेछ।