तुलसीपुरकी महिला र नाबालिकामाथि कुटपिट गर्ने लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री बिमला ओलीलाई मन्त्रीबाट फिर्ता बोलाउन नेकपा एमालेले माग गरेको छ।
मन्त्री ओलीले गरेको घृणित काम गरेकाले उनलाई मन्त्री पदमा बसिरहन नैतिक आधार नरहेको एमालेको जोड छ। 'यस्तो घृणित काम गर्ने ब्यक्तिलाई मन्त्री पदमा बसिरहन नैतिक आधार छैन,’ एमाले प्रदेश संसदीय दलका उपनेता उपनेता बैजनाथ चौधरीले नागरिकसंग भने, 'मुख्यमन्त्री जिले तत्काल उहाँलाई सरकारबाट फिर्ता बोलाउनै पर्छ।’
राज्यमन्त्री बिमलाको हर्कतले सरकारको मात्रै नभई सिंगो प्रदेशको ओज घटाएको भन्दै चौधरीले थपे, 'सरकारमा कस्ता मान्छे मन्त्री बनेछन् भनेर हामीहरुलाई लाज लागिरहेको छ।’
तत्काल मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री ओलीलाई फिर्ता नबोलाए संसदमा एमालेको विरोध सुरु हुने चौधरीको भनाइ छ। संसदमा बुधबार बजेटमथिको छलफल रहेको र त्यसपछिको संसदमा भने आफूहरुले राज्यमन्त्री ओलीको राजीनामा माग गर्दै आवाज उठाउने उनको भनाइ छ। 'बुधबार बजेटमाथिको छलफल छ, हामीहरु बोल्न पाइँदैन,’ पूर्वमन्त्री समेत रहेका चौधरीले भने, 'बजेटमाथिको छलफल सकिएपछि हामीहरुले संसदमा यो बारेमा जोडदार रुपमा कुरा उठाउँछौँ।’
साथै उनले मन्त्रीको हैसियतामा ओली सदनमा बस्दा आफूहरु सदनमै नबस्ने उनको भनाइ छ। फलतः तत्काल राज्यमन्त्री ओलीलाई मन्त्री पदबाट फिर्ता बोलाउनै पर्ने चौधरीले बताए।