काठमाडौं-सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले पार्टीका तर्फबाट थपिने मन्त्रीहरुको नाम टुंगो लाग्न नसकेपछि एमालेबाहेकका दलका तर्फबाट सिफारिस मन्त्रीहरूले मात्र अाज सपथ लिएका छन्। मन्त्रीको नाम टुंगो लगाउन बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले मन्त्रीको नाम टुंगो लगाउन सकेन।
‘अाज एमालेको तर्फबाट मन्त्रीहरू थपिने छैनन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले नागरिकन्यूजसँग भने ‘स्थायी कमिटीले नाम टुंगो लगाउन सकेन त्यसैले अाज अरू दलबाट सिफारिस मन्त्रीहरूको मात्र सपथ हुनेछ।’
- See more at: http://nagariknews.com/politics/party-politics/story/47370.html#sthash.XqSO2dTc.dpuf

कपा माओवादीको तर्फबाट अाज थप सात मन्त्री थपिएका छन्। माअोवादीको तर्फबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीले गर्नेछन्। रायमाझी उपप्रधानसहित उर्जामन्त्री र शक्ति बस्नेत गृहमन्त्री बन्ने टुंगो लागेको हो। गिरिराजमणि पोखरल शिक्षा, उमेश यादव सिचाइ, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन, गणेशमान पुन आपूर्ति मन्त्री बन्ने छन्।
‘थप सात मन्त्रीको टुंगो लागेको छ,अाजै सपथ ग्रहण हुन्छ’ एमाअोवादी नेता शक्ति बस्नेतले नागरिकन्युजसँग भने ।
- See more at: http://nagariknews.com/politics/party-politics/story/47370.html#sthash.XqSO2dTc.dpuf