काठमाडाैं-केपी अोली नेतृत्वको मन्त्रिमण्डलमा अाइतबार एमाओवादीका सातसहित अन्य दुइ दलबाट दुइजन गरि नाै मन्त्री थपिएका छन्। बहुजन समाजवादी पार्टीका विश्वेन्द्र पासवान र फोरम लोकतान्त्रिकका रामजनम चाैधरी विनाविभागीय मन्त्री थपिएका हुन्।
नाैजना मन्त्रीले अाइतबार राष्ट्रपति भवन सित्तल निवासमा राष्ट्रपति डा. रामवरण यादवबाट मन्त्रीपदको सपथ लिएका छन्।
मन्त्रीहरु छान्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकले पार्टीका मन्त्री टुंगो लगाउन नसकेपछि तीनदलबाट थप नाै मन्त्रीले सपथ लिएका हुन्। एमाअोवादीले अाइतबार नै पार्टीका तर्फबाट सात जनाको नाम सिफारिस गरेको थियो।
अाइतबारको मन्त्रिपरिषद विस्तारसँगै १३ मन्त्री र एक राज्यमन्त्रीसहित ओली नेतृत्वको मन्त्रिपरिषद २० सदस्यीय भएको छ। एमालेबाट मन्त्रीहरु थपिनै बाँकी छ।
एमाअोवादीको तर्फबाट सरकारको नेतृत्व टोपबहादुर रायमाझीले गरेका छन्। रायमाझी उपप्रधानसहित उर्जामन्त्री र शक्ति बस्नेत गृहमन्त्री बने। गिरिराजमणि पोखरेल शिक्षा, उमेश यादव सिचाइ, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन, गणेशमान पुन आपूर्ति मन्त्री बनेका छन्।