काठमाडौं— सांसद राज्यलक्ष्मी गोल्छालाई राजिनामा दिन नेकपा एमालेले निर्देशन दिएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले उनलाई राजिनामा गर्न निर्देशन दिएको एमाले सचिब पृथ्वी सुब्बा गुरुङले बताए।एमालेको मधेसी महिला कोटामा सभासद बनेकी संविधान घोषणा तथा प्रधानमन्त्रीको चुनाबमा पार्टी ह्वीप विपरित अनुपस्थित भएकी थिइन्।
'पार्टीको निर्देशन विपरित अनुपस्थित भएपछि स्थायी कमिटीले राजिनामा गर्न निर्देशन दिएको हो', सचिब गुरुङले नागरिकन्युजसँग भने।
व्यापारिक घराना गोल्छा समूहसँग आवद्ध राज्यलक्ष्मीलाई सभासद बनाउँदा एमालेभित्र चर्को विवाद भएको थियो।