राप्रपा प्रवेश गर्ने मिश्रको तयारी
०१ असार २०७९
•
१ मिनेट पाठ
राप्रपा प्रवेश गर्ने मिश्रको तयारी
विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा गरेका पूर्वपत्रकार रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशको तयारीमा जुटेका छन्।




स्थानीय तहको निर्वाचन परिणाम सन्तोषजनक नभएको भन्दै जेठ ११ गते अध्यक्ष पदबाट राजीनामा गरेका मिश्र राप्रपा प्रवेसको अन्तिम गृहकार्यमा जुटेका हुन्। राप्रपाले दिने पदमा कुरा मिले मिश्र केहीदिनभित्रै उक्त पार्टी प्रवेस गर्ने निकट स्रोतको दाबी छ।

सुरुमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनकै हैसियतमा अर्को अध्यक्ष बनाउनुपर्ने प्रस्ताव मिश्रले राखेका थिए। राप्रपाले त्यसलाई अस्वीकार गरेको जानकारी दिँदै निकट एक नेताका अनुसार त्यसपछि सहअध्यक्षको प्रस्तावसहित मिश्र छलफल थिए।

तर, राप्रपाले दुई अध्यक्ष वा सहअध्यक्ष दुवै बनाउन नसकिने जनाउँदै विवेकशील साझा पार्टी नै मर्ज हुने अवस्थामा उनलाई उपाध्यक्ष दिनेगरी छलफल अघि बढाइएको छ। महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति नै बनाएर राप्रपा छलफलमा जुटेको छ।

विवेकशील साझा पार्टीबाट अलग भइसकेका मिश्रले सिंगो पार्टी नै लिएर आउन सक्ने अवस्था नभएकाले उनलाई वरिष्ठ उपाध्यक्ष पनि दिन नहुने आवाज राप्रपामा उठ्न थालेको छ। पार्टीको हैसितमा नभएर व्यक्ति मात्र प्रवेश गर्ने भन्दै मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिँदा संगठनभित्रको सन्तुलन बिग्रने जनाउँदै आएका छन्।

‘स्थानीय तह निर्वाचन परिणामले मिश्र रहेको विवेकशील साझा पार्टीको हैसियत पनि देखिएको छ,’ राप्रपानिकट एक नेताले भने, ‘एउटा व्यक्तिलाई अनावश्यक उचालेर पार्टीका प्रभावशाली नेतालाई डोमिनेट गर्ने काम गरियो भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले क्षति भग्ने अवस्था आउँछ।’
अर्को समाचार
बागमती प्रदेशमा राप्रपा तटस्थ बस्ने
१९ चैत्र २०८०
•
१ मिनेट पाठ
बागमती प्रदेशमा राप्रपा तटस्थ बस्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ।




बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै राप्रपाले तटस्थ बस्ने घोषणा गरेको हो।

तटस्थमा मतदान गरेर तटस्थ भूमिका निर्वाह गर्ने राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए। 

‘१५ महिनाकै बिचमा तेस्रो पटक विश्वासको मत माग्ने अवस्था आएको छ। सुरुमा ४ बाहेक सबै मत पाएका मुख्यमन्त्रीले अब यो पटक कति मत पाउँछन्, हेर्न बाँकी छ’, थापाले भने, ‘गठबन्धन परिवर्तनले अहिले कस्तो व्यवस्था छ भन्ने प्रमाणित भएको छ। ५ वर्षमा कति पटक विश्वासको मत लिने अवस्था आउने हो ?’ 

हिजोसम्म एक अर्कालाई तथानाम भन्नेहरू आजै मिल्ने कस्तो राजनीति हो भन्दै उनले प्रश्न गरे। हाम्रो नेपाली पार्टी प्रति लक्षित गर्दै उनले एक हप्तामा यो नभई मान्दिन भन्ने, ३ दिनमा समर्थन फिर्ता लिने र २ दिनमा मन्त्रीको शपथ खाने कस्तो संस्कार हो ? भन्ने  प्रश्न गरे। नेता थापाले बजेटमा पक्षपात नहोस् भन्ने माग समेत गरे।

अहिले विश्वासको मत सम्बन्धी प्रस्तावमा दलको तर्फबाट धारणा राख्ने काम भइरहेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बागमतीको प्रदेशसभा बैठक ४ बजे मात्र सुरु भएको थियो।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
यो पनि पढौँ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस